चितवनः पूर्बी चितवनको रत्ननगर नगरपालिकामा गरिएको र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) परीक्षणका क्रमा एक जनामा एन्टीबडी पोजेटिभ देखिएको छ । रत्ननगर नगरपालिका वडा नम्बर २ मा एक मिहलाको परिक्षणका क्रममा पोजेटिभ देखिएको नगर प्रमुख नारायण वनले जानकारी दिनुभयो ।
गुञ्जमान सिंह हस्पिटल रत्ननगरमा गरिएको र्‍यापिड टेस्टमा एक जनामा पोजेटिभ देखिएको हो। आज ११ जनाको परीक्षण गर्दा एक महिलामा पोजिटिभ देखिएको हो । ती महिलाको पीसीआर परीक्षणका लागि भरतपुर पठाईएको उहाँले जानकारी दिनुभयो ।
उनको स्वाब संकलन गरी पीसीआरबाट भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा परीक्षण गरिने छ ।
यस्तै केहीदिन अघि पनि र्‍यापिड टेस्टमा एक पुरुषको पोजिटिभ देखिएको थियो । तर पछि पिसिआर परीक्षणमा उनको नतिजा नेगेटिभ आएको थियो ।

प्रतिक्रिया दिनुहोस !