सर्लाहीः र्यापिड डाग्नोष्टिक टेष्टका क्रममा सर्लाहीमा एक बालकमा कोरोना भाइरसको एन्टीबडी पोजेटिभ देखिएको छ।

सर्लाहीको धनकौल गाउँपालिकाको क्वारेन्टाईनमा रहेका १४ वर्षीय बालकमा र्‍यापिड टेष्ट गर्दा कोरोना भाइरसको एन्टीबडी देखिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहज बहादुर जिसीले बताउनुभयो ।

जिसीका अनुसार उनीसँगै क्वारेन्टाईनमा रहेका अर्का एकजनाको भने र्यापिड टेस्टको नतिजा नेगेटिभ आएको छ।

एन्टीबडी देखिएका ती बालकलाई राति नै जनकपुरधाम पठाइएको छ । यता आफुहरुले जानकारी पाए लगत्तै राति नै चेक जाँचका लागि सम्पूर्ण तयारी पूरा गरी बालकलाई प्रादेशिक अस्पतालको आईसोलेशन वार्डमा भर्ना गरेको जानकारी प्रादेशिक अस्पताल जनकपुरधामका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डाक्टर जामुन सिंहले जानकारी दिनुभयो ।

उहाँले स्वाब परीक्षण भएपछि मात्रै थप केही भन्न सकिने बताउनु भयो । एन्टीबडी देखिएका ती बालक गत चैत २३ गते भारतको दिल्ली हुँदै सर्लाही पुगेका थिए।

प्रतिक्रिया दिनुहोस !