काठमाडौंः उदयपुरको मस्जिदमा रहेका कोरोना संक्रमितलाई विराटनगर ल्याएर उपचार सुरु गरिएको छ । उनीहरुलाई बिराटनगरमा रहेको कोरोना विशेष अस्पतालमा ल्याइ उपचार सुरु गरिएको हो ।

शुक्रबार राति १२ बजे कोरोना संक्रमित १२ जना र उनीहरु सँगै रहेका अन्य चार जनालाई पनि एम्बुलेन्समा विराटनगर ल्याइएको छ । संक्रमितमध्ये ११ जना भारतीय नागरिक र एक जना नेपाली हुन् ।

संक्रमित १२ जनालाई कोशी अस्पतालको कोरोना विशेष अस्पतालको आइसोलेसनमा राखिएको मेडिकल सुपरिटेन्डेन्ट डा.संगीता मिश्रले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !