चितवनः गत चैत ३ गते कतार एयरवेज मार्फत बेलायतबाट हङ्कङ हुर्दै नेपाल आएका दुई जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण देखिए पछि जिल्ला प्रशासन कार्यालय चितवनले उनीहरुको सम्पर्कमा आएका व्यक्तिहरुको पहिचान सुरु गरेको छ । नेपाल आएर दुई दिन काठमाडौको बसाई संगै उनीहरु चैत ५ गते यहाँ आएका थिए ।
राप्ती नगरपालिका वडा नम्बर ८ का ती संक्रमितको सम्पर्कमा आएकाहरुको पहिचान सुरु गरिएको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भटटराईले जानकारी दिनुभयो । जिल्ला स्वास्थ्य कार्यालयको नेतृत्वमा पहिचानको काम (ट्रेसिङ) सुरु गरिएको उहाँले जानकारी दिनुभयो । उहाँले संक्रमितको मनोबल बढाउने र अन्यलाई पनि सुरक्षित राख्नेतर्फ ध्यान केन्द्रित गरिएको बताउनुभयो । जिल्लामा लकडाउनलाई थप कडाई गरिएको भट्टराईले जानकारी दिनुभयो ।
उनीहरुको परिवार ठूलो भएकाले सबैको संख्या एकिन गर्न र सम्पर्कमा रहेकाहरुको खोजी गरिएको राप्ती नगरपालिका प्रमुख प्रभा बरालले जानकारी दिनुभयो । उहाँले परिवारका सदस्यलाई अहिले होम क्वारेन्टिनमा बस्न भनिएको र बुद्ध शान्ति कलेजमा छुट्टै क्वारेन्टिन बनाएर राखिने जानकारी दिनुभयो ।
उनीहरुको बुधबार ¥यापिड डाइग्नोष्टिक टेस्ट (आरडीटी) गर्दा शंकास्पद देखिएको थियो । उनीहरुलाई तत्कालै भरतपुर अस्पताल ल्याइएको थियो । बिहीबार उनीहरुको भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा स्वाब परीक्षण गर्दा राती शंकास्पद नतिजा आए संगै शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पुनः परीक्षण गरिएको थियो । पुनः परिक्षणका क्रममा दुई जनामानै कोरोना पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
उनीहरुलाई भरतपुर अस्पतालको आइसोलेसनको क्याविन कक्षमा राखिएको छ । भरतपुर अस्पतालका अध्यक्ष ड.भोजराज अधिकारीले संक्रमित दुवै जनालाई भरतपुर अस्पतालकै आइसोलेसन वार्डमा राखेर उपचार गरिने बताउनुभयो ।
यसै बिच जिल्लामा हाल सम्म ४ सय ५ जनाको ¥यापिड डाइग्नोष्टिक टेस्ट (आरडीटी) गरिएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । होम क्वारेन्टेन र सार्बजनीक क्वारेन्टेनमा रहेकाहरुको परिक्षण गर्ने कामलाई तिब्रता दिईएको कार्यालयका प्रमुख दिपक तिवारीले जानकारी दिनुभयो । जिल्लामा ¥यापिड डाइग्नोष्टिक टेस्ट (आरडीटी)लाई तिब्रता दिनका लागि थप किट मगाईएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !