काठमाडौंः नेपालमा एकैदिन १४ जना कोरोना भाइरस ९कोभिड(१९० का संक्रमित थपिएका छन् । उदयपुरमा १२ जना र चितवनमा दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएको हो ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । उनीहरु मध्ये पहिलो संक्रमित निको भइसकेका छन् ।
शुक्रबार थपिएका मध्ये १२ जना उदयपुरमा छन् । उनीहरु मध्ये केही भारतीय हुन् । उदयपुरका १२ संक्रमित सबै पुरूष हुन् । उनीहरू ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ बर्षका छन् ।
चितवनमा आमाछोरा संक्रमित
यस्तै शुक्रबार थपिएका दुई जना संक्रमित चितवनका हुन् । उनीहरु राप्ती नगरपालिका–८ का आमाछोरा हुन् ।
६३ वर्षीया महिला र उनका २७ वर्षीय छोरा चैत ३ गते बेलायतबाट कतार एयरवेज हुँदै नेपाल आएका थिए । भरतपुर अस्पतालको आइसोलेसन बार्डमा रहेका उनीहरुको अवस्था सामान्य छ । उनीहरुमा कुनै लक्षण पनि छैन ।
यस्तै कोरोनाले पछिल्लो २४ घण्टामा ८ हजार ६७२ जनाको ज्यान गएको छ । सबैभन्दा धेरै अमेरिकामा २ हजार ५३५ जनाको ज्यान गएको छ ।
चीनमा १२ जनाको पछिल्लो २४ घण्टामा ज्यान गएको छ । बेलायतमा ८५७, फ्रान्समा ७६१, स्पेनमा ६८७ तथा इटालीमा ५७५ जनाको २४ घण्टामा ज्यान गएको छ ।
पछिल्लो २४ घण्टामा ८६ हजार ४९७ कोरोनाका नयाँ संक्रमित फेला परेका छन् । यसमध्ये अमेरिकामा मात्रै ३२ हजार १६५ संक्रमितको पहिचान भएको छ ।
इटालीमा ३ हजार ४९३, बेलायतमा ५ हजार ५९९, स्पेनमा ५हजार १८९ तथा जर्मनीमा ३ हजार ६९९ जना नयाँ संक्रमित पछिल्लो २४ घण्टामा पहिचान भएका छन् ।
कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ लाख ५४ हजार १५६ छ पुगिसकेको छ ।