चितवनः रत्ननगरको गुञ्जमान अस्पतालको आईसोलेसनमा रहेका पुरुषको भरतपुर कोभिड १९ परिक्षण प्रयोगशालामा स्वाबको परिक्षण गरिएकोमा नतिजा नेगेटिभ आएको छ । भरतपुर अस्पतालका अध्यक्ष एबं भरतपुर कोरोना बिशेष (अस्थाई) अस्पतालका सदस्य सचिब डा. भोजराज अधिकारीले उनको नतिजा नेगेटिभ आएको जानकारी दिनुभयो ।
राप्ती नगरपालिकाबाट आशंका गरि भरतपुर अस्पतालको आईसोलेसनमा राखिएका अन्य तीन जानको भने स्वाबको परिक्षण भोलि मात्रै गरिने उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !