चितवनः चितवन र नवलपरासी आवतजावत गर्नेहरुले स्वचालित सेनीटाईजिङ् अनिवार्य गर्नु पर्ने भएको छ । नारायणी पुलको नारायणगढ तर्फको पुलचोकमा स्वचालित सेनीटाईजिङ् उपकरण जडान गरि आजबाट संञ्चालनमा ल्याईएको हो ।
चितवन तर्फ आउने र नवलपरासी तर्फ जाने जो कोहीले पुलचोकमा रहेको वाक थ्रु स्वचालित सेनीटाईजिङ च्याम्बरमा अनिवार्य रुपमा छिर्नु पर्नेछ । नेपाली युवा उद्योमी मञ्च चितवनले सो च्याम्बर संञ्चालनमा ल्याएको हो ।
कोरोना भईरस कोभिड १९ को संक्रमण बाहिरबाट आएकाहरुका कारण जिल्लामा नहोस भन्ने उद्धेश्यले यो च्याम्बर संञ्चालन गरिएको हो । च्याम्बरको आज चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले उद््घाटन गर्नु भयो ।
सो अबसरमा प्रमुख जिल्ला अधिकारी भट्टराईले यसले कोरोना रोकथाका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । जिल्ला प्रबेश गर्ने र वाहिरीने दुबैलाई यसको उपयोगिताको बारेमा जानकारी गराई प्रयोगमा ल्याउनुपर्ने उहाँको भनाई छ । जिल्लामा कोरोनाको संक्रमण फैलन नदिनका लागि स्थानीय प्रशासनले लकडाउनलाई प्र्रभावकारी रुपमा कार्यान्वयनमा ल्याएको भट््टराईले बताउनुभयो ।
पैदल आएका वा सवारीमा आएकाहरुलाई सो च्याम्बरमा राखेर १० सेकेण्ड घुमेपछि शरिर पुरै सेनीटाईजीङ् हुने छ । मञ्चका अध्यक्ष दाताराम घिमिरेका अनुसार रु १ लाख ५० हजारको लागतमा निर्माण गरिएको सो च्याम्बरमा उच्च स्तरीय किटनासक रसायन प्रयोग गरिएको छ । जसले मानिसलाई पाँच घण्टा सम्म सुरक्षित राख्ने उहाँले जानकारी दिनुभयो ।
युबा उद्यमी राजेश गौतमले एक पटकमा ४ जना सम्मको सेनीटाईजिङ् गर्न सकीने बताउनुभयो । मञ्चले चैत २३ गते देखि लकडाउनको समयमा पैदल आएका यात्रीहरुलाई पुलचोकमानै खाना खुवाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस !