काठमाठौः नेपालमा कोरोनाका थप तीनजना संक्रमित फेला परेका छन् । सुदुरपश्चिममा तीन जना नेपालीहरुमो कोरोनाको संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रायका अनुसार मुम्बईबाट फर्किएका कैलालीका एकजना २१ वर्षीय पुरुष, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरुष र यसअघि कैलालीमा उपचाररत कोरोना संक्रमितका आफन्तमा कोरोना संक्रमण फेला परेको मन्त्रालयले जनाएको छ ।
योसँगै पहिलोपटक नेपालभित्रै अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पनि पुष्टि भएको छ ।

यो संगै नेपालमा संक्रमितको संख्या ९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस !