चितवनः भरतपुर अस्पतालले कोरोना भाईरसको आशंका गरिएका बिरामीको उपचारमा संलङ्न चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरुका लागि थप रु २५ लाखको बिमा गरिदिने भएको छ । उनीहरुले नेपाल सरकारले तोके भन्दा २५ प्रतिशत थप प्रोत्साहन भत्ता समेत पाउने भएका छन् ।
केन्द्रिय अस्पताल बनेपछि बिकास समिति गठन संगै आज बसेको पहिलो बैठकले सरकारले कर्मचारीहरुलाई रु २५ लाखको बिमा गरिदिएकोमा अर्को रु २५ लाखको बिमा थप गर्ने निर्णय गरेको हो । सरकारले कोरोनाको आशंका गरिएका र संक्रमित बिरामीको उपचारमा संलङ्न हुनेलाई शत प्रतिशत प्रोत्साहन भत्ता दिने यस अघिनै घोषणा गरिसकेको छ ।
बिकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीका अनुसार उपचारमा संलङ्नहरुलाई आबश्यक व्यक्तिगत सुरक्षाका सामाग्रीहरु उपलव्ध गराउने र क्वारेन्टाईनमा बस्नु पर्नेहरुका लागि आबश्यक व्यवस्थापन गर्ने निर्णय बैठकले गरेको छ । बैठकले कोरोना नियन्त्रणका लागि भरतपुर अस्पतालको नेतृत्वमा दुईवटा मेडिकल कलेज र नीजि अस्पतालहरुलाई समेत समाबेश गरि कोरोनाको संक्रमणको आशंका र संक्रमित भएकाहरुलाई उपचारको आबश्यक सम्पूर्ण तयारी गर्ने निर्णय गरेको छ ।
त्यस्तै मुलुक वन्दको यस अबस्थामा कोरोनाको आशंका गरिएका बिरामीलाई चिकित्सकको परामर्शमा अस्पतालले एम्बुलेन्स घरमानै पठाएर उनीहरुलाई अस्पताल ल्याउने निर्णय भएको अधिकारीले जानकारी दिनुभयो । जसका लागि अस्पताल परिसरमा तीनवटा एम्बुलेन्स तयारी अबस्थामा राख्ने निर्णय गरिएको छ । बैठकले भरतपुर महानगरपालिकाले संञ्चालन गरेको कोरोना बिशेष (अस्थाई) अस्पतालका लागि सम्पूर्ण प्राबिधिक सहयोग भरतपुर अस्पतालले उपलव्ध गराउने निर्णय गरेको छ ।
सो अस्पताललाई भरतपुर अस्पताल संग के कसरी समायोजन गर्ने भन्ने बिषयमा योजना तयार गर्न अस्पताल बिकास समितिका सदस्य एबं भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाललाई जिम्मा दिईएको छ । अस्पतालले अपाङ्गताको रातो र निलो परिचयपत्र भएका बिरामीलाई बहिरंग सेवा पुरै निशुल्क गर्ने र पहेलो परिचयपत्र भएकालाई ५० प्रतिशत छुट दिने निर्णय गरिएको अधिकारीले जानकारी दिनुभयो ।
अस्पतालमा दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीहरुको समय तीन महिना थप गरि अर्को बैठकमा दिर्घकालिन उपाएको खोजिगर्ने निर्णय बैठकले गरेको छ । बुधबार अध्यक्षको पदभार ग्रहण गर्नु भएका अधिकारी यसै अस्पतालमा कार्यरत हुनुहुन्छ । उहाँले आँफु अध्यक्ष भए सम्मका लागि बेतलबि बिदाको माग गर्नु भएकोमा बैठकले सोको स्विकृति दिएको छ ।

प्रतिक्रिया दिनुहोस !