काठमाडौं: नेपालमा कोरोनाको संक्रमण हुनेको संख्या ६ पुगेको छ । काठमाडौंमा थप एक कोरोना संक्रमित फेला परे संगै संख्या ६ पुगेको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा जाँचका क्रममा बिहीबार थप एक संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
उनी कतार एयरवेजको क्‍वूआर ६५२ को विमानबाट नेपाल आएकी गण्डकी प्रदेशकी महिला भएको मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिनुभयो ।
यसअघि पाँचौ कोरोना संक्रमित गत शनिबार देखिएको थियो भने पहिलो कोरोना संक्रमित माघ ९ गते पुष्टि गरिएको थियो ।

कोरोना भाइरसको आशंकामा हालसम्म एक हजार १८४ जनाको नमुना संकलन गरी परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले गरेको बिहीबार पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले यसबारे जानकारी गराउनुभएको हो ।

सातै प्रदेशका आइसोलेसनमा कोरोना भाइरसको आशंकामा बिरामीहरु भर्ना भएका छन् ।

“हालै ४३ वटा जनाको कोरोनाको आशंकामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाहरुमा परीक्षणको क्रममा रहेको छ,” उहाँले भन्नुभयो, “१०५ वटा आइसोलेसन बेड छुट्याएको छ जसमा काठमाडौ उपत्यकका १६ र उपत्यकका बाहिर ८९ आइसोलेसन रहेको छ ।”

२४ घण्टामा दुई हजार ७ सय ५९ जनाको मन्त्रालयको दुई कल सेन्टर १११५ र ११३३ मा आएको गुनासो सम्बोधन गरेको उनले जानकारी दिए । उनले भने, “सो कल सेन्टरमा अस्पताल सीमा क्षेत्रमा रहेका नेपालीहरुको अवस्था रहेको बारेमा सोधिएको छ ।”

प्रतिक्रिया दिनुहोस !