चितवनः कोरोना संक्रमणको समयमा बिभिन्न देशबाट यस जिल्ला आएका ४ सय ९८ जनालाई होम क्वारेन्टाईनमा राखिएको छ । उनीहरुको नियमीत अनुगमन गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईका अनुसार उनीहरुलाई निगरानी सहीत होम क्वारेन्टाईनमा राखिएको हो । बिदेशबाट घर फर्किएर जिल्लाका बिभिन्न तहमा बसोबास गर्नेहरुलाई आफ्नै घरमा क्वारेन्टाईनमा राखिएको हो । स्थानीय तह र प्रहरीको सहयोगले उनीहरुको तथ्याङ्क अध्यावधिक गरिएको उहाँले जानकारी दिनुभयो ।
घरमै क्वारेन्टाईनमा रहेकाहरुलाई दैनिक प्रहरीले भेटगरि निगरानी गरिरहेको छ । भट्टराईले भन्नुभयो “हाम्रा प्रहरीले दिनको एक पटक भेटेर उनीहरुलाई दुई वटा प्रश्न सोध्ने गरेका छन् ।” घरका मानिस संग हेलमेल गरे नगरेको र बाहिर गए नगएको प्रश्न सोध्ने गरेको छ । छिमेकी संग समेत ती व्यक्तिका बारेमा जानकारी प्रहरीले लिने गरेको उहाँको भनाई छ ।
ग्रामीण क्षेत्रमा रहेकाहरु बढि अनुशासित भए पनि शहरमा क्वारेन्टाईनमा रहेकाहरुले निर्देशन अबज्ञा समेत गर्ने गरेको पाईएको छ । प्रहरीलाई निगरानीमा स्थानीय तहका जनप्रतिनिधिहरुले सहयोग गरेको उहाँले जानकारी दिनुभयो ।
जिल्लामा रहेका बिभिन्न अस्पताल र सार्बजनीक स्थलमा गरि ५ सय ४२ शैयाको क्वारेन्टाईन तथा आईसोलेसन स्थापना गरीएको छ । भरतपुर कोरोना बिशेष (अस्थाई)अस्पताल ७० शैया, भरतपुर अस्पताल ३० शैया, कलेज अफ मेडीकल साईन्सेज र चितवन मेडीकल कलेज ५÷५ शैया तयार गरिएको छ । त्यसैगरी रत्ननगर नगरपालिकाको गुञ्जमान अस्पताल र बकुलहर अस्पताल गरि २० शैया, सामुदायीक अस्पताल बच्छ्यौली १५ शैया, होटल स्टार बैंकुईट रत्ननगरमा १ सय १५ शैया, सौराहाको मारुनीमा ३० शैया, रत्ननगर नगरपालिका वडा नम्बर ६ मा रहेको हेल्थपोष्टमा १० शैया रहेका छन् ।
यस्तै खैरहनी नगरपालिकामा ६६ शैयाको क्वारेनटाईन स्थापना गरिएको छ । वडा नम्बर ६ डिजने पार्टी प्यालेसमा २० शैया, सैनिक आवासीय महाबिद्यालय ३२ शैया, रुरल रिकन्ट्रक्सन नेपालमा १४ शैया, राप्ती नगरपालिकामा रहेको बुद्धशान्ति माध्यामिक बिद्यालय मा १५ शैया रहेको छ ।
कालिका नगरपालिकाको स्वास्थ्य चौकी भवनमा १० शैया, आधारभूत माध्यामीक बिद्यालय जुटपानीमा १५ शैयाको क्वारेन्टाईन संञ्चालन गरिएको छ । माडी नगरपालिकामा माडी माध्यामिक बिद्यालय र माडी क्याम्पसमा गरि १ सय ५ शैया, ईच्छाकामना गाउँपालिकामा २२ शैया र जिल्ला कारागार चितवनमा १५ शैयाको क्वारेनटाईन स्थापना गरिएको छ ।
ती मध्ये एक सय हाराहारी आईसोलेसनका लागि हुन भने अन्य क्वारेन्टाईनका लागि तयारी अबस्थामा राखिएको छ । क्वारेन्टाईनको संख्या थप गर्नेकाम भईरहेको प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिनुभयो । हाल आईसोलेसनमा १२ जना र क्वारेन्टाईनमा २ जना रहेका छन् । अन्य सबै घरमानै रहेका छन् ।