चितवनः पिसिआर प्रयोगशाला (ल्याब)को माग संगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्राबिधिक टोलि स्थलगत अध्ययनका लागि यहाँ आएको छ । जिल्लाका सरोकारवालाहरुले तत्काल पिसिआर ल्याब भरतपुरमा स्थापनाका लागि अनुरोध गरेका थिए ।

कोरोना भाइरस (कोभिड–१९) को नमुना परीक्षण प्रयोगशाला (ल्याब) यहाँ नहुँदा दैनिक नमुना काठमाडौं पठाउनु पर्ने बाध्यता रहेको छ । नेपाल स्वास्थ्य व्यवसायीक परिषदका रजिष्टार पुष्प राज खनाल, प्रा.डा. गिरिराज त्रिपाठी, बिमलेश झा र सुलभ आचार्य सहितको टोलिले आज बिहान भरतपुर महानगरपालिकामा छलफल गरेको थियो ।

जिल्लामा हाल भईरहेका उच्च स्तरका चारवटा प्रयोगशालालाई तत्काल स्तरोन्नती गर्ने वा भरतपुर अस्पतालमा नयाँ प्रयोगशाला स्थापना गर्ने भन्ने बिषयमा छलफल भएको महानगर प्रमुख रेनु दाहालले बताउनुभयो । उहाँले सके सम्म दिर्घकालिन रुपमा काम हुने गरि भरतपुर अस्पतालमा प्रयोगशाला स्थापना गर्न आँफुले अनुरोध गरेको तर मन्त्रालयको प्राबिधिक टोलिले तत्कालका लागि भईरहेका प्रयोगशाला मध्य एउटाको स्तरोन्नती गर्ने र पछि भरतपुर अस्पतालमा प्रयोगशाला स्थापना गर्दा राम्रो हुने सुझाब दिएको जानकारी दिनुभयो ।

टोलिले राष्ट्रिय पंक्षी अन्बेषण प्रयोगशाला, बिपि कोईराला मेमोरीयल क्यान्सर अस्पताल र कृषि तथा वन बिज्ञान बिश्वबिद्यालय रामपुर भित्रका दुईवटा प्रयोगशालाको निरिक्षण गरिरहेको छ । चारवटै प्रयोगशाला अध्ययन पछि आजै दिउँसो छलफल गरेर काम अघि वढाईने दाहालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !