
चितवनः कोरोनाको संक्रमणबाट आम नागरिक मात्र होईन रोगकै उपचार गर्ने चिकित्सक र स्वास्थ्य कर्मी पनि अछुतो छैनन् । संक्रमणकै कारण मृत्यु भएकाहरु मध्ये १८ प्रतिशत हाराहारी चिकित्सक, स्वास्थ्यकर्मी रहेको तथ्याङक छ ।
बिरामीको उपचारमा उच्च साबधानी अपनाउन सके जोखीम झेल्नुनपर्ने अनुभबि चिकित्सकहरु बताउँछन् । भरतपुर अस्पतालका नबनियुक्त अध्यक्ष एबं भरतपुर कोरोना बिशेष (अस्थायी) अस्पतालका प्रबक्ता डा. भोजराज अधिकारी आम जनता संगै उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी पनि उत्तीकै सजग हुनुपर्ने बताउनुहुन्छ ।
कोरोना अस्पतालमा बाहिरी र भित्री भागमा काम गर्ने चिकित्सक, कर्मचारीहरुलाई त्यही खालका सुरक्षित पोशाक दिएर सुरक्षित तवरले काम गराईएको अधिकारीको भनाई छ । बाह्य भागमा रहेर काम गर्नेहरुलाई एन ९५ माक्स र सामान्य व्याक्तिगत सुरक्षा सामाग्री (पिपिई) दिईएको छ । तर भित्री भागमा काम गर्नेलाई बिश्व स्वास्थय संगठनले तोके अनुसारको पिपिई, माक्स, चस्मा व्यवस्था गरिएको अधिकारी बताउनुहुन्छ ।
चिकित्सक, स्वास्थ्यकर्मीले सामाजिक दुरी अबलम्बन गरि सकेसम्म बिरामीको सम्पर्कमा कम जाने व्यवस्था मिलाईएको छ । अधिकारीले भन्नुभयो “सिसि क्यामराको निगरानीमा बिरामी छन् । अनुगमन गर्न स्वास्थ्यकर्मीलाई परिचालन गरिएको छ । समस्या हुँदा सकेसम्म टाढैवाट समाधान गरिएको छ। ” बिरामीलाई छुनुपर्दा पिपिई अनिवार्य गरिएको छ । यसरी भित्रि घेरामा बिरामीलाई हेर्नेलाई नारायणगढको एक होटलमा बसोबासको व्यवस्था गरिएको छ । त्यहाँ अहिले १८ चिकित्सक, स्वास्थ्यकर्मी बसिरहेका छन् ।
सो अस्पतालले २ सय ५० जना कोरोनाको लक्ष्यण भएका बिरामीको उपचार गरिसकेको छ । हाल अस्पतालमा १४ जना बिरामी भर्ना भएका छन् । अस्पतालमा मोवाइल चार्ज गर्ने देखि अन्य गतिबिधिका लागि सामाजिक दुरी बनाएर व्यवस्था गरिएको छ । नर्सिङ स्टेशन टाढै राखिएको छ ।
नेपाल चिकित्सक संघ चितवनका अध्यक्ष बरिष्ठ फिजिसियन डा. प्रकाश खतिवडा बच्ने, बचाउने र मैदान खालि नगर्ने रणनितिका साथ आँफुहरुले काम गरिरहेको बताउनु हुन्छ । भरतपुर अस्पतालका मेडीकल बिभाग प्रमुख समेत रहनु भएका डा. खतिवाडा भन्नुहुन्छ “यो हाम्रो लागि अबसर हो । यस्ता सुनेका थियौ देखेका थिएनौ । प्रत्यक्ष सेवामा समर्पित भएर अबसर पहिलोपटक लिदैछौ ।”
चिकित्सक स्वास्थ्यकर्मीको सुरक्षा संगै सेवामा कसरी जुट्ने त खतिवडाको सुझाब छ “सके सम्म कम जनशक्ति परिचालन गर्ने उनीहरुलाई आबश्यक सुरक्षा कवजको व्यवस्था गर्ने ।” व्याक्तिगत सुरक्षाका सामाग्री (पिपिई) थोरै छ । अहिले प्रयोग गर्दा सकीन्छ । नगरौ उच्च जोखिम छ । उहाँले भन्नुभयो “यद्यपि बिचको बाटोबाट हामी काम गरिरहेका छौ ।”सघन उपचार कक्षमा थौरै जनशक्ति राखेर उनीहरुलाई उच्च स्तरको पिपिई प्रयोग गर्न लगाईएको छ । बाहिर सामान्य गाउन र राम्रो माक्स प्रयोग गर्न लगाईएको छ । थोरै जनशक्तिबाट धेरै काम गर्ने रणनिति अपनाईएको छ । बिरामी संग प्रत्यक्ष काम गर्नेलाई एक हप्ता काम र दुई हप्ता क्वारेन्टाईनको व्यवस्था गरिदै छ । क्वारेन्टाईन घरबाहीर बनाईदै छ ।
फिजिसियनले मात्र नधान्ने भएकाले अन्य चिकित्सक पनि परिचालन गर्ने गरि भरतपुर अस्पतालमा व्यवस्था गरिएको उहाँको भनाई छ । नेपाल चिकित्सक संघका केन्द्रिय उपाध्यक्ष डा. अनिल बिक्रम कार्की यो संवेदनशिल समयमा आफ्नो दायित्व पनि पुरा गर्नु पर्ने र शुरक्षित पनि हुर्नुपर्ने बताउनुहुन्छ । नेपालमा रहेका २५ हजार चिकित्सक मध्ये १६ हजार हाराहारी प्रतक्ष्य काममा रहेको कार्की बताउनुहुन्छ । ६५ हजार भन्दा बढी स्वास्थ्यकर्मी रहेका छन् । उनीहरुको सुरक्षा आँफैमा महत्वपूर्ण भएको उहाँ बताउनुहुन्छ ।
चिकित्सक स्वास्थ्यकर्मीले अस्पतालमा मात्र नभएर आफनो घरमा पनि साबधानी अपनाउन उहाँको सुझाब छ । कार्कीले भन्न्ुभयो “घरमा पुगेपछि पनि हामीले पोशाक बाहिर खोलेर किटाणुमार्ने रसायन प्रयोग गरि कपडा धुने, अलगै सुकाउने , माक्स, सेनिटाईजर जस्ता बस्तुको प्रयोग गर्नुपर्छ ।” थुक, ¥यालबाट सर्ने भएकाले सामाजिक दुरी कायम गरि बिरामी हेर्ने , भिडभाड नगर्ने उहाँले सुझाब दिनुभयो । उहाँले भन्नुभयो “ डराउनु पर्दैन । तर उच्च सतर्कता अपनाउनै पर्छ ।” राज्यले पनि बिमा र काम गर्नेलाई प्रोत्साहन हुने गरि कार्यक्रम ल्याउनु पर्ने कार्कीको भनाई छ । उहाँले भन्नुभयो “बिरामी उपचार गर्दै गर्दा केहीभईहालेमा राज्य छ भन्ने अनुभूती दिलाउनु पर्छ । ”
सरकारले जोखिममा काम गर्नेहरुलाई शतप्रतिशत भत्ता दिन जनाएको छ । यहाँको भरतपुर महानगरपालिकाले कोरोना अस्पतालमा काम गर्नेलाई थप २५ प्रतिशत प्रोत्साहन भत्ताा दिदै छ । अन्य स्थानीयतहले पनि यसरी काम गर्ने स्वास्थ्यकर्मीको मनोवल बढाउनु पर्ने देखिन्छ । यस संगै चिकित्सक, स्वास्थ्यकर्मीले पनि आँफु पनि बाँचेर अर्कालाई बचाउनु पर्ने अहिलेको बाध्यता रहेको छ ।