
चितवनः कोरोनाको संक्रमण बढ्ने खतरा देखिए संगै भरतपुर महानगरपालिकाले आफ्नो नगरभित्र बैदेशीक रोजगारबाट फर्कीएकाहरुको तथ्याङ्क संकलन गरेको छ । महानगरका २९ वटै वडाहरुमा बिभिन्न देशबाट फर्कीएका नेपालीहरुको तथ्याङ्क संकलन गरिएको हो ।
महानगर प्रमुख रेनु दाहालका स्वकिय सचिब गोपाल न्यौपानेका अनुसार मुलुक वन्दहुनु भन्दा १५ दिन अघि देखि यता नेपाल आएकाहरुको तथ्याङ्क लिईएको हो । उनीहरुलाई घरमानै क्वारेन्टाईनमा बस्न र समस्या भए तत्काल अस्पतालमा जान आगह गरिएको उहाँले जानकारी दिनुभयो ।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीका अनुसार कोरोना संक्रमित बिभिन्न देशहरुबाट स्वदेश फर्कीका २ सय ६५ जना नेपाली रहेका छन् । ती मध्ये सबै भन्दा धेरै भारतबाट नेपाल आएका रहेको महानगरको तथ्याङ्कले देखाएको छ । भारतबाट आएकाहरु १ सय ५ जना रहेका छन् । महानगरले सार्बजनीक गरेको तथ्याङ््कलाई हेर्नेहो भने भारत पछि दुबईबाट ३४ जना, कतारबाट २४ जना, अष्ट्रेलियाबाट १४ जना, साउदी अरबबाट ९ जना रहेका छन् । अन्य देशहरुबाट समेत फर्कीएर आएको तथ्याङ्कले देखाएको छ ।
महानगरको वडा नम्बर २१ मा सबैभन्दा धेरै ३१ जना बैदेशीक रोजगारबाट फर्कीएका रहेका छन । यस्तै वडा नम्बर १६ मा २६ जना, वडा नम्बर २४ मा १७ जना वडा नम्बर ५ मा १४ जना रहेका छन् । अन्य वडाहरुमा पनि सोही अनुपातमा बिदेशबाट नेपाल फर्कीएकाहरु रहेका छन् ।
कोरोना भाईरस (कोभिड १९ )को संक्रमण बिदेशबाट आएकाहरुमा देखिन थालेपछि महानगरले आफ्नो क्षेत्र भित्र कति नेपाली बैदेशीक रोजगारबाट फर्कीएका छन् भन्ने तथ्याङ्क संकलन गरेको हो ।