चितवनः भरतपुर अस्पतालमा रहेको आउट ब्रेक म्यानेजमेन्ट कमिटीको आज बसेको बैठकले बिभिन्न १० वटा उपसमिति गठन गरेको छ । अस्पतालका प्रमुख मेडीकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीको अध्यक्षतामा बसेको बैठकले कोरोना संक्रमण नियन्त्रर्ण तथा रोकथाम सम्बन्धि आगामी पूर्बाधार तयार गर्न ती उपसमिति गठन गरिएको हो ।
डा. प्रकाश खतिवडाको संयोजकत्वमा पूर्बाधार तयारी उपसमिति, डा. कल्याण सापकोटाको संयोजकत्वमा कर्मचारी व्यवस्थापन समिति, शान्ता भण्डारीको संयोजकत्वमा सुचना संकलन उपसमिति, जमिर अलि सेखको संयोजकत्वमा सुरक्षा तथा शब व्यवस्थापन, संयोमसेवक परिचान समिति रामहरी ढकालको संयोजकत्वमा गठन गरिएको छ । यस्तै कृष्ण प्रसाद गौतमको संयोजकत्वमा खाध्य व्यवस्थापन,लिलाधर पौडेलको संयोजकत्वमा सुचना तथा संचार, नारायण प्रसाद सापकोटाको संयोजकत्वमा यातायात व्यवस्थापन र ई. चन्द्रमणी बसेलको संयोजकत्वमा आईटी व्यवस्थापन उपसमिति गठन गरिएको अस्पतालका सुचना अधिकारी लिलाधर पौडेलले जानकारी दिनुभयो ।