चितवनः भरतपुर महानगरपालिका वडा नम्बर १० मा रहेको चितवन प्रदर्शनी केन्द्रमा ५० शैयाको भरतपुर कोरोना बिशेष (अस्थायी) अस्पताल तयार गरिएको छ । अस्पतालमा बहिरंग सेवा र जनरल वाड आजबाट संञ्चालनमा आउने छ । भरतपुर महानगरको अगुवाईमा अस्पताल संञ्चालनमा ल्याईएको हो ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालका अनुसार आज बिहान ११ बजेबाट अस्पतालको सेवा शुभारम्भ हुने छ । जसका लागि आबश्यक पर्ने पूर्बाधार तयार गरिएको छ । अस्पतालमा परिचालन हुने चिकित्सक, कर्मचारी र स्वास्थ्य कर्मीलाई बिश्व स्वास्थ्य संगठनको निर्देशन अनुसारको आबश्यक तालिम समेत दिईएको छ ।

दाहालले अस्पतालमा परिचालन हुनेहरुलाई शत प्रतिशत प्रोत्साहन भत्ता दिईने बताउनुभयो । उनीहरुका लागि सुरक्षित पोशाकहरुको व्यवस्था गरिएको छ । कोरोनाको आशंका भएका बिरामीहरुलाई मात्र यस अस्पतालमा राखिने छ । अस्पतालमा रहने बिरामी र स्वास्थ्य कर्मीहरुका लागि आबश्यक खानपान देखि ईन्टरनेट सम्मका सुबिधाको व्यवस्था गरिएको छ ।

दाहालको संयोजकत्वमा रहेको १५ सदस्यिय कार्यदलले ७२ घण्टामा अस्पताल तयार गरि संञचालन गर्न लागेको हो । कार्यदलका प्रबक्ता डा. भोजराज अधिकारीका अनुसार अस्पताल संञ्चालन गर्न जिल्लाका दुई सरकारी अस्पताल र दुई नीजि मेडीकल कलेजबाट आबश्यक शैयाहरु ल्याईएको छ । प्रयोगशाला, रेडीयोलोजी लगाएतका सेवाका लागि नीजि अस्पतालहरुले सहयोग गरेका छन् । अस्पताल संञ्चालनका लागि उद्योग संघ र उद्योग वाणिज्य संघले आ–आफ्नो ठाउँबाट सहयोग गरेको अधिकारीले जानकारी दिनुभयो । अस्पताल संञ्चालनका लागि सरकारी अस्पताल, नीजि मेडीकल कलेज र भरतपुर महानगरपालिकाको स्वास्थ्य केन्द्रमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी परिचालन गरिएको छ ।

अन्य सबै खर्च अहिले भरतपुर महानगरपालिकाले गरिरहेको जनाएको छ । अधिकारीका अनुसार छिट्टै १० शैयाको सघन उपचार कक्ष र १० शैंयाका हाई डिपेन्डेन्ट यूनिट (एच डि यू) समेत संञ्चालन गरिदैं छ । जसका लागि काम अघि वढीसकेको उहाँले जानकारी दिनुभयो ।

अस्पताल संञ्चालनका लागि सात सदस्यिय व्यवस्थापन समिति गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !