चितवनः भरतपुर महानगरपालिकाको अगुवाईमा चितवन प्रदर्शनी केन्द्रमा शुक्रबार बिहानबाट संञ्चालन गर्न लागिएको भरतपुर कोरोना बिशेष (अस्थायी) अस्पतालमा कार्यरत चिकित्सक, कर्मचारीलाई शत प्रतिशत प्रोत्साहन भत्ता दिईने भएको छ । संघिय सरकारले यस अघिनै कोरोनाको उपचारमा संलङ्नहरुलाई ७५ प्रतिशत प्रोत्साहन भत्ता दिने घोषणा गरिसकेको छ । सो रकममा भरतपुर महानगरपालिकाले थप २५ प्रतिशत गरि शत प्रतिशत पुर्याईने भएको हो ।
भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई संघिय सरकारबाट दिईने रकममा थप गरि शतप्रतिशत पुर्याउन लागिएको बताउनुभयो । उहाँले भन्नुभयो “संघबाट रकम नआएमा पनि भरतपुर महानगरले ७५ प्रतिशत प्रोत्साहन भत्ता दिन्छ । आएमा शतप्रतिशत पुर्याउँछ ।”
अस्पतालमा महानगरका स्वास्थ्यकर्मीका अतिरिक्त जिल्लाका सरकारी र नीजि अस्पताल एबं मेडीकल कलेजमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी परिचालन गरिने उहाँले जानकारी दिनुभयो । अस्पताल संञ्चालन गर्न गठीत कार्यदलका प्रबक्ता डा. भोजराज अधिकारीका अनुसार हाल कार्यरत चिकित्सक, कर्मचारीले नपुगेमा बाहीरबाट पनि जनशक्ति भर्ना गरिने छ ।
अध्ययन गर्दै गरेका नर्स र चिकित्सकहरुलाई पनि अस्पताल संञ्चालनका क्रममा नियुक्त गर्नुपर्ने हुन सक्ने भन्दै तयारी थालिएको छ । बहिरंग सेवा र ५० शैयाको जनरल वाड आज साँझ सम्ममा तयार गरिदैं छ । बिपि कोईराला मेमोरीयल क्यान्सर अस्पताल, भरतपुर अस्पताल, चितवन मेडीकल कलेज र कलेज अफ मेडीकल साईन्सेसबाट शैयाहरु संकलन गरि साँझ सम्ममा तयार गरिने अधिकारीले जानकारी दिनुभयो ।
यस संगै ती शैयामा आबश्यक सामाग्रीहरु उद्योग बाणिज्य संघको अगुवाईमा व्यवस्थापन गरिदैं छ । बिहिबार दिनभरमा १० शैयाका सघन उपचार कक्ष र १० शैयाको हाई डिपेन्डेन्ट यूनिट (एच डि यू) तयार गरि शुक्रबारबाट अस्पताल संञ्चालन गर्ने तयारी गरिएको छ । जसका लागि आबश्यक प्रयोगशाला, एक्सरे, औषधि, शौचालय, बारबेर, बिद्युत, खानेपानी लगाएतका कामहरु भईरहेका छन् । आज बिहान नेपाल प्रहरी, नेपाली सेना र शशस्त्र प्रहरीले अस्पताल बनाउन लागिएको क्षेत्र सरसफाई गरिसकेका छन् ।
भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले जुट्न नसकेका खरिद गर्नुपर्ने सामाग्रीहरु महानगरले खरिद गरेर अस्पताल संञ्चालनमा ल्याउने बताउनुभयो । महानगर प्रमुख दाहालको संयोजकत्वमा गठित १५ सदस्यिय कार्यदलले मंगलबार बिहान ७२ घण्टा भित्र अस्पताल संञ्चालन गर्ने गरि काम अघि बढाएको थियो ।
जिल्लामा हाल सम्म चार जना शंकास्पद कोरोनाका बिरामी भरतपुर अस्पतालमा भर्ना भएकोमा उनीहरु सबैको नतिजा नेगेटिभ आएको छ ।

प्रतिक्रिया दिनुहोस !