चितवनः जिल्लामा कोरोना भाईरसको संक्रमण फैलन नदिनका लागि जिल्लामा उच्च सतर्कता अपनाईएको छ । जिल्ला प्रबेश गर्ने नाकामा कडाई गरिएको छ । शंकास्पद बिरामीहरुलाई उपचार गर्न ७५ शैयाको आईसोलेसन वाड (छुट्टै कक्ष) वनाईने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरि यहाँको ठूलो सरकारी अस्पताल भरतपुर अस्पताल र दुई मेडीकल कलेज एबं नीजि अस्पतालहरुमा छुट्टै कक्ष व्यवस्थापन गर्न लागिएको जानकारी दिएको हो ।
प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईका अनुसार भरतपुर अस्पतालमा हाल संञ्चालनमा रहेका १९ शैयालाई थप गरि २० पुर्याईने र दुई ठूला मेडीकल कलेजमा २०÷२० शैयाको छुट्टै कक्ष निर्माण गरिने छ । यसै गरि नीजि अस्पतालहरुमा १५ शैया व्यवस्थापन गरिने उहाँले जानकारी दिनुभयो । भरतपुर अस्पताल र दुई मेडीकल कलेजमा रहेका सघन उपचार कक्षमा दुई÷दुई वटा शैया सुरक्षित गरिने भट्टराईले बताउनुभयो ।
जिल्लामा आएका शंकास्पद बिरामीहरुलाई राख्नका लागि बाहिर क्वारेन्टाईन निर्माणका लागि स्थानको खोजि भईरहेको छ । उहाँले भन्नुभयो “शंकास्पद बिरामीहरुलाई राख्नका लागि क्वारेन्टाईन बनाउने ठाउँको खोजीमा छौ । सम्भबत केही दिनमानै टुङ्गीने छ ।” शंकास्पद बिरामी राख्न सक्ने गरि आईसोलेसन क्षेत्रको व्यवस्था गर्ने तयारी भएको उहाँले बताउनुभयो ।
जिल्लमा दिनहुँ जसो एक÷दुई जना कोरोनाको जस्तै लक्ष्यण भएका बिरामी भेटिन थालेको भन्दै भट्टराईले यस बारे सबै चनाखो भएर पूर्ब तयारी गर्न आग्रह समेत गर्नुभयो । प्रशासनले जिल्लामा भित्रने नाकाहरुमा कडाई गर्न लागेको छ । बिदेशी नागरीक प्रबेश गर्न सक्ने नाकाहरु भरतपुर बिमानस्थल, पर्साको ठोरी हु्ँदै माडी जोड्ने नाकामा चेकजाँचको व्यवस्था मिलाईएको सो अबसरमा जानकारी दिईएको थियो ।
संक्रमण हुन नदिन र भई हालेमा आबश्यकता अनुसार एम्बुलेन्स प्रयोग गर्न सक्ने गरी तयारी गरिएको, जनचेतनामूलक कार्यक्रमहरु गर्न लगाईएको, संघ, प्रदेश र स्थानीय तहहरुसंग समन्वय भईरहेको उहाँले बताउनु्भयो । यस्तै स्वास्थ्य कर्मीहरुलाई अत्यन्त जरुरी काम बाहेक विदा नबस्न पत्राचार गरिएको, त्रास फैलाउने मनसायले सामाजिक संजालमा सूचना संप्रेषण गर्ने व्यक्तिलाई कारवाहि अघि वढाईएको, पारिवारिक भेटघाट बाहेक अन्य जमघटका कार्यक्रमहरु नगर्न निर्देशन दिईएको, कालो बजारी नियन्त्रणका लागि घोषित तथा अघोषित अनुगमनलाई तिब्र बनाईएको पत्रकार सम्मेलनमा जनाईएको थियो ।
बजारमा कृतिम अभाब सृजना गर्नेलाई सून्य शहिष्णुता अपनाएर कारवाहि गरिने प्रशासनले जनाएको छ । बजारमा अहिले माक्सको अभाब भएको भए पनि यसलाई व्यवस्थित गर्नका लागि कार्यालयले संघिय सरकार संग आग्रह गरेको सो अवसरमा जानकारी दिईएको थियो ।
हाल सम्म जिल्लामा कोरोनाको लक्ष्यण देखा परेर नमुना परिक्षणका लागि पठाएका चार जना मध्ये तीन जनाको नतिजा नेगेटिभ देखिएको छ भने एक जनाको नतिजा आउन बाँकी छ ।