चितवनः कोरोना भाईरसको संक्रमण देखिएमा त्यसको रोकथामका लागि भरतपुर अस्पतालमा गरिएको तयारीका बारेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको टोलीले मंगलबार निरिक्षण गरेको छ । मन्त्रालयका सहसचिब मोमद दाउदको नेतृत्वको टोलीले अस्पतालको निरिक्षण अनुगमन गरेको हो ।
सो अबसरमा दाउदले अस्पतालमा आएका बिरामीको अबस्था र यहाँ आउन सक्ने खतराबारे सजग रहन निर्देशन दिनुभयो । छिमेकी देश र रोजगारको शिलशिलामा गएर फर्किएकाहरुलाई घरमानै वसेर क्वारेन्टाईन गराउन तर्फ केन्द्रित हुनु आबश्यक रहेको उहाँको भनाई थियो ।
अस्पतालमा आएका बिरामीहरु मध्ये बिदेशबाट फर्किएका र धेरै घुमफिर गर्नेहरुलाई निगरानी वढाउन उहाँले निर्देशन दिनुभयो ।
सो अबसरमा अस्पतालका प्रमुख मेडीकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीले कोरोना भाईरस देखि हालेमा अस्पतालले गरेका पूर्ब तयारीका बारेमा जानकारी दिनुभएको थियो । उहाँले पाँच शैयाको छुट्टै कक्षा (आईसोलेसन वाड) स्थापना गरिएको, दुई जना चिकित्सकलाई बिशेष जिम्मेवारी (फोकल पर्सन) तोकीएको बताउनुभयो । ज्वरोका बिरामीहरुलाई छुट्टै परिक्षण गरिएको र बिशेषज्ञ चिकित्सकहरु बिचमा नियमीत अन्तर्रक्रिया गरिएको उहाँले जानकारी दिनुभयो ।
अस्पतलमा अहिले माक्स र पिपि (उपचारका क्रममा लगाईने कपडा) अभाव रहेको भन्दै त्यसको व्यवस्थापनका लागि उहाँले आग्रह गर्नुभयो ।
कोरोनाको संक्रमण फैलन सक्ने भन्दै अस्पतालका स्वास्थ्य कर्मीहरुलाई सचेत गराउने र जनचेतना फैलाउने काम भईरहेको तिवारीले बताउनुभएको थियो । भरतपुर अस्पताल केन्द्रिय अस्पताल हो । यहाँ चितवन सहित २० भन्दा वढि जिल्लाबाट बिरामी उपचारका लागि आउने गर्दछन् ।