चितवनः तीन दिन देखि परेको बर्षाका कारण जिल्लाका ईट्टा उद्योगहरुमा रु १५ करोड बराबरको क्षति भएको छ । यसअघि सामान्य बर्षादका कारण आंशिक क्षति भए पनि अहिले परेको पानीका कारण सुकाईएका कांँचो ईट्टाहरुमा ठूलो क्षति पुगेको हो ।
इट्टा उद्योग संघ चितवनका अध्यक्ष नारायण सापकोटाका अनुसार यो समय इट्टा बनाउनको लागि उपयुक्त समय भएपनि भारी बर्षाका कारण कुनै इट्टा काम नलाग्ने गरी क्षति भएको हो । बास्तबिक तथ्याङ्क आई नसकेको भए पनि अनुमानित रु १५ करोड बराबरको क्षति भएको उहाँले जानकारी दिनुभयो । अहिलेको बर्षाका कारण जिल्लामा रहेका ईट्टा उद्योगहरु बन्द हुने अबस्थामा पुगेको उहाँले जानकारी दिनुभयो । जिल्लामा १८ वटा ईट्टा उद्योगहरु रहेका छन् ।
नेपालको पश्चिम क्षेत्रमा खासै पानी नपरेको भए पनि पूर्बी क्षेत्रमा पानी परेकाले देशभरी ईट्टामा क्षती पुगेको उहाँको भनाई छ ।