चितवनः कृषि तथा वन बिज्ञान बिश्व बिद्यालय रामपुरमा अनेरास्वबियुका बिद्यार्थीहरु बिच एक आपसमा भएको बिबादले उग्र रुप लिदैं गएको छ । तत्कालीन नेकपा एमाले निकट अनेरास्वबियु र नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी बिच जनयुद्ध दिवस मनाउने बिषयमा भएको बिबादले उग्र रुप लिएको हो ।
सो बिबादका कारण आज अनेरास्वबियु निकट बिद्यार्थी संगठनका नेताहरुलाई तत्कालीन अखिल क्रान्तिकारीका बिद्यार्थी नेताहरुले हातपात गरेका छन् । तत्कालीन क्रान्तिकारी निकट बिद्यार्थी संगठनका बिश्वबिद्यालय केन्द्रिय क्याम्पस कमिटिका अध्यक्ष बिबेक पौडेल सहितका नेताहरुले अनेरास्वबियूका केन्द्रिय कमिटि सदस्य देव प्रसाद पाठक, जिल्ला सदस्य सचेत सुवेदी र पूर्ब बिश्वबिद्यालय क्याम्पस कमिटि अध्यक्ष कमल घिमिरेलाई हातपात गरेका छन् ।
बिबादका कारण तत्कालीन एमाले निकट अनेरास्वबियूका बिद्यार्थी संगठनका बिद्यार्थीहरु कलेजमा रहेको होष्टेलमा समेत वस्न सक्ने बातावरण वन्न नसकेको बिद्यार्थीहरुले आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस !