आज पनि दुई खेल हुँदै

चितवन : प्रथम संस्करणको सिएमसी चितवन प्रिमियर लिग (सिपिएल) टि २० क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदैछ ।
आजको पहिलो खेलमा बिहान ९ बजे सौराह स्याण्ड्स र राप्ती ¥यापिड्स भिड्नेछन् । पहिलो खेल गुमाएको सौराहा आज जीतको खोजिमा हुनेछ । उता राप्ती भने लगातार दोस्रो जीत निलाक्ने दाउमा रहेको छ । सौराहा सन्तोष न्यौपाने तथा राप्ती आकाश थापाको कप्तानीमा मैदान उत्रदैछ ।
यस्तै आज दिउँसो १ बजे राइट एण्ड एसोसिएट भरतपुर गुर्खाज र माडी टाइगर्स भिड्नेछन् । भरतपुर र माडी दुबैले २ खेलमा समान एक जीत तथा एक हार व्यहोरेका छन् । भरतपुर संघर्ष पौडेल तथा माडी किशोर महत्तोको कप्तानीमा मैदान उत्रनेछ ।
२५ गतेसम्म चल्ने प्रतियोगितामा चितवनका ५ टिमहरु भरतपुर गुर्खाज, सौराहा स्याण्ड्स , राप्ती ¥यापिडस,माडी टाइगर्स र इच्छाकामना वारियर्सको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले रु दुई लाखसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले रु एक लाखमा चित्त बुझाउनेछ ।
यस्तै बिभिन्न बिधामा उत्कृष्ट हुने खेलाडीहरुले पनि पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट अलराउण्डरले पनि पुरस्कार प्राप्त गर्नेछन् । यस्तै हरेक दिनको म्यान अफदि म्याचले ट्रफी प्राप्त गर्नेछ । प्रतियोगिताका उत्कृष्ट तीन खेलाडीलाई नेपालकै सबैभन्दा ठूलो व्यवसायिक लिग एभरेष्ट प्रिमियर लिग ९इपीएल०को टिम चितवन टाइगर्सबाट खेल्न पाउनेछ ।
प्रतियोगिताको टाइटल स्पोन्सरमा चितवन मेडिकल कलेज रहेको छ भने स्पोन्सरको रुपमा टेस्ला एयर कण्डिसन, एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस प्रा लि चितवन रहेको छ । त्यस्तै प्रतियोगिताको को–स्पोन्सरको रुपमा सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङ सेन्टर रहेको छ ।