
चितवनः जिल्लामा एच आई भि संक्रमितहरुले औषधि सेवन गर्ने क्रम घट्न थालेको छ । सन २०१९ मा मात्र १३ जना संक्रमितहरुले औषधि सेवन गर्न छाडेका छन् । भरतपुर अस्पतालमा रहेको एन्टी रेक्ट्रो भाईरल थेरापी (एआरटि) सेन्टरका अनुसार उनीहरु मध्ये ६ जनाले आयुर्वेद औषधि सेवन गर्ने गरेको, पाँच जनाले धर्म परिवर्तन गरि धामिक नाममा औषधि सेवन गर्न छाडेको र दुई जनाले मादक पदार्थ सेवन गरि औषधि सेवन गर्न नआएका हुन ।
सन २०१९ मा जिल्लामा १ सय ६ जना नयाँ एच आई भि संक्रमित भेटिएका छन् । जिल्लाका बिभिन्न क्षेत्रमा गरिएको स्वास्थ्य परिक्षणका क्रममा सो संख्यामा नयाँ संक्रमित भेटिएका हुन । सेन्टरका अनुसार २० हजार ६ सय ४६ जनाको परिक्षणका क्रममा उनीहरुमा संक्रमण देखिएको हो । संक्रमितहरु मध्ये १ सय ४ जनाले नियमीत औषधि सेवन गर्दै आएका छन् । यो संगै जिल्लामा संत्रमितिहरुको संख्या ९ सय ९१जना पुगेको छ । ती मध्ये सन् २०१९ मा ५६ जनाले बिभिन्न जिल्लामा औषधि सेवनका लागि पठाईएको छ ।
एआरटि सेन्टरका कार्यक्रम संयोजक कृष्णहरी सापकोटाका अनुसार एच आई भि संक्रमितहरुलाई क्षयरोगबाट बचाउनका लागि ७ सय २ जनालाई औषधि सेवन गराउँदै आईरहेका छन् । उनीहरु मध्ये २४ जनालाई क्षयरोगको संक्रमण भेटिएको उहाँले जनाकारी दिनुभयो । सोही वर्षमा ६ जना संक्रमतिले सुरक्षीत बच्चा जन्माएका छन् ।
यस्तै सोही समयमा ४६ हजार ३ सय ६८ वटा कण्डम बितरण गरीएको छ ।