चितवनः नेपालका लागि चिनीया राजदुत होउ याङ् छीले बिपि कोईराला मेमोरीयल क्यान्सर अस्पताललाई आबश्यक सामाग्री हस्तान्तरण गर्नु भएको छ । अस्पतालमा आज चिनीया मेडीकल सहयोगको २० औं बर्षगाठको अबसरमा आयोना गरिएको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. बिजयचन्द्र आचार्यलाई भिडियो एक्सरे उपकरण, सर्जिकलका उपकरणहरु र क्यान्सरका बिरामीलाई आबश्यक पर्ने औषधिहरु हस्तान्तरण गर्नु भएको हो ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको उपस्थितिमा राजदुत छीले उपकरण हस्तान्तरण गर्नु भएको हो । उपकरण हस्तान्तरण पछि बोल्दै उहाँले नेपालको स्वास्थ्य क्षेत्रमा चीन सरकारको सहयोग निरन्तर रहने बताउनु भयो । उहाँले आगामी दिनमा अस्पतालको स्तर उन्नती र बिकासमा सहयोग गर्न प्रतिबद्य रहेको बताउनुभयो ।
चीन सरकारले अस्पताल बनाउन सहयोग गरेको र त्यस पछि निरन्तर सहयोग गर्न पाएकोमा खुशि प्रकट गर्दै उहाँले नेपाली जनतालाई क्यान्सर रोगको उच्च स्तरको उपचार दिन चिनीया मेडीकल समुह सधै प्रतिबद्य भएको बताउनुभयो । अस्पताल प्रत्यक्ष रुपमा जनताको सेवामा समर्पित हुने भएकाले यो सेवा आँफैमा महत्वपूर्ण रहेको उहाँको भनाई थियो ।
अस्पताल स्थापना पश्चात चिनीया मेडीकल समुह निरन्तर रुपमा यहाँ रहँदा अस्पतालका चिकित्सक कर्मचारीहरुले गरेको सहयोग र समन्वय प्रति उहाँले आभार प्रकट गर्नु भयो । कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक डा. बिजयचन्द्र आचार्यले अस्पतालको अहिलेको अबस्था र भाबि योजनाहरुको बारेमा जानकारी गराउनु भएको थियो । उहाँले चिनीया चिकित्सक समुहले पुर्याएको योगदानको चर्चा गर्दै आगामी दिनमा पनि सहयोगले निरन्तरता पाउनेमा विश्वास व्यक्त गर्नुभयो ।
बि. सं. २०५७ सालबाट संञ्चालनमा आएको यस अस्पताल चीन सरकारले निर्माण गरेको हो । अस्पतालका उप निर्देशक डा. निर्मल लामिछानेका अनुसार अस्पताल स्थापना भए यता निरन्तर रुपमा १४ जना चिनीया चिकित्सक र दुई जना सहयोगी यहाँ रहँदै आएका छन् । उनीहरुको तलब भत्ता चीन सरकारले बेहोर्दै आएको छ । सुरुमा १ सय शैया रहेको क्यान्सर अस्पतालमा हाल ४ सय ५० शैया रहेको छ । गतवर्ष १ लाख ३१ हजार बिरामीले अस्पतालबाट सेवा लिएका थिए ।
अस्पतालमा उपचारका लागि नेपाल भरी र भारतका सिमा क्षेत्रबाट बिरामीहरु आउने गर्दछन् ।