चितवन : उबासंघ निर्बाचनमा समिकरण फेरिएको छ । राजु श्रेष्ठको प्यानल बाट वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिएका चुननारायण श्रेष्ठले अध्यक्षका उम्मेदवार ज्ञानेन्द्रमान शाक्यलाई आफ्नो समर्थन रहेको बताउनु भएको छ ।

आज बिहान उपाध्यक्ष पदका दुई उम्मेदवार सुमनकुमार श्रेष्ठ र भोजराज कौडाल सहित संयुक्त प्रेस बिज्ञप्ति जारी गर्दै उहाॅले आफ्नो समर्थन शाक्यलाई रहेको जानकारी दिनु भएको छ । यस अघि उनले राजु श्रेष्ठको प्यानलमा रहि वरिष्ठ उपाध्यक्षको उम्मेदवारी दिएका थिए । वरिष्ठ उपाध्यक्षका अर्का उम्मेदवार बिष्णु कंडेल ले आफ्नो उम्मेदवारी फिर्ता लिई चुननारायणलाई सघाउने भएका छ्न् । कंडेल को उम्मेदवारी फिर्ता संगै चुननारायण निर्बिरोध हुने निश्चित छ । सुमन श्रेष्ठ र कौडाल निर्बिरोध भैसकेका छ्न् ।

प्रतिक्रिया दिनुहोस !