
चितवनः आज बिहान एक गैंडा मृर्त अबस्थामा भेटिएको छ । बिहान करिब ८ वजे चितवन राष्ट्रिय निकुञ्ज भित्र घडगाई पोष्ट नजिक गैंडा मृर्त अबस्थामा भेटिएको हो । रंगोली घोलमा गढेको अबस्थामा रहेकाले भाले पोथि के हो भन्ने बिषयमा भने बारेमा केहि खुल्न सकेको छैन । पुष महिनामा मात्र दुईवटा गैंडा मृत भेटिएका छन् ।
गैंडा पाँच सात दिन देखि मृर्त भएको हुन सक्ने अनुमान गरिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीले जानकारी दिनुभयो । अहिले गैंडालाई पानीबाट निकाल्नका लागि स्काभेटरको प्रयोग गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत रुपाखेतीका अनुसार चालु आर्थिक वर्षमा यो संग ७ वटा गैंडा कालगती र बिभिन्न कारणले मरेका छन् ।