
चितवनः नेपाली काँग्रेस भरतपुर महानगरपालिका वडा नम्बर ५ ले आफ्ना बिभिन्न चार बुद्धे मागहरु राख्दै वडा कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएको छ । काँग्रेसका वडा सभापती बिष्णु प्रसाद धितालले वडा अध्यक्ष पदमपाणी सुवेदीलाई आफ्ना माग सहितको ध्यानाकर्षण पत्र बुझाउनु भएको हो ।
वडामा भएका बिकास निर्माणमा गुणस्तरमा ध्यान दिनु पर्ने, वडा कार्यालयका लागि आफ्नै दुईवटा कार्यालय हुँदा हुँदै ती कार्यालय प्रयोग नगरी घर भाडामा लिई काम गर्नुले राज्यको सम्पतिको दोहन भएको भन्दै यस्तो कार्य तुरुन्त रोकीनु पर्ने, समाजमा हुने बिक्रिती रोक्नु पर्नेमा व्याक्तिगत रिसिबीका कारण मुक दर्शक वन्नेको लगाएतका आरोप छ ।
वडा स्तरमा बिकास निर्माणको अनुगमन समिति वनाउने क्रममा समेत वडा अध्यक्षले मनोमानी ढङ्गले नियुक्ती गरेको आरोप काँग्रेसको छ । काँग्रेसको ध्यानाकर्षण पत्र बुझ्दै वडा अध्यक्ष सुवेदीले आँफुले कसैलाई काखा र कसैलाई पाखा नगरेको बताउनुभयो । उहाँले बिकास निर्माणका क्रममा भएका कम्जोरीहरुलाई क्रमिक सुधार गर्दै जाने पनि प्रतिवधता व्यक्त गर्नुभयो ।