![](https://www.clickkhabar.com/wp-content/uploads/2020/01/82217192_2577929808986657_2696737131102994432_n.jpg)
चितवनः चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टर अमलटारीमा एउटा पोथि गैंडा मृर्त अबस्थामा भेटिएको छ । आज बिहान करिब ६ वजे सो पोथि गैंडा मृर्त अबस्थामा भेटिएको हो ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीका अनुसार अन्दाजी ६ वर्षको पोथि गैंडा मृर्त अबस्थामा भेटिएको हो । कार्यालयको लामिचौर उपभोक्ता समिति अन्तर्गतको सो क्षेत्र अन्तर्गत पर्ने कावासोती नगरपालिका वडा नम्बर १० चिलाहामा गैंडा मृर्त भेटिएको हो । लामीचौर वन उपभोक्ता समितीका अध्यक्ष बासुदेव पौड्यालका अनुसार अन्नबाली खान आएको गैंडा स्थानीयले वालि संरक्षणका लागि राखिएको बिद्युतीय धरापमा परि सो गैंडा मरेको हो ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत रुपाखेतीका अनुसार चालु आर्थिक वर्षमा ६ वटा गैंडा कालगती र बिभिन्न कारणले मरेका छन् ।