चितवनः नेपाली काँग्रेस चितवनले यहि पौष २८ र २९ गते सम्पन्न हुन गईरहेको उद्योग वाणिज्य संघ चिवनकोे ५३ औं साधारण सभा तथा अधिवेशनका सन्दर्भमा गरिएको बिभिन्न प्रचार प्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले आज एक बिज्ञप्ति जारी गर्दै नेतृत्व चयनको विषयवस्तु जे जसरी प्रचारमा आएको छ,त्यस प्रति नेपाली कांग्रेस चितवनको गम्भीर ध्यानाकर्षण भएको जानकारी दिनुभयो ।
बिज्ञप्तिमा भनिएको छ “समग्र उद्योगी तथा व्यवसायीहरुको हितको प्रवर्धन गर्ने छाता संगठनको रुपमा रहेको उद्योग वाणिज्य संघ चितवनमा दलगत हस्तक्षेप र नेतृत्व चयनमा पारिएको प्रभावले समग्र उद्योगी तथा व्यवसायीहरुको हितमा कार्य गर्न सक्दैन भन्ने हाम्रो ठहर हो ।” संस्थाको विधि‐ विधान र प्रचलित लोकतान्त्रिक मुल्यको अनुसरण नगरी सिमित व्यक्तिहरुले आफ्नो मनोगत उद्देश्यबाट प्रेरित रही गोला प्रथाको माध्यमबाट नेतृत्व चयनकोे लागि उम्मेदवार छनौट गरिएको भन्ने समाचार प्रति नेपाली कांग्रेस चितवन गम्भीर असहमती प्रकट गर्दछ बिज्ञप्तिमा उल्लेख छ ।
श्रेष्ठ द्धारा जारी बिज्ञप्तिमा विधि र पद्धतीलाई अनुसरण गरी समग्र उद्योगी तथा व्यवसायीहरुको हकहितको रक्षा गर्न तदनुरुपको नेतृत्व चयनका लागि नेपाली कांग्रेस सम्वद्ध सबै पक्षसंग अपिल समेत काँग्रेसले गरेको छ ।

प्रतिक्रिया दिनुहोस !