चितवनः नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आजको अबस्थामा देशलाई भ्रष्टाचार मुक्त र पार्टीलाई बिकृतीमुक्त बनाउन आबश्यक रहेको बताउनु भएको छ । आज भरतपुर बिमानस्थलमा पत्रकारहरु संग कुराकानी गर्दै उहाँले देशमा भ्रष्टाचार मालाउँदै गएको र पार्टी भित्र विकृतिले किलो गाढेको बताउनु भयो । पार्टीलाई चलायमान र जनताको भरोसाको पार्टी बनाउन आबश्यक रहेको उहाँले बताउनुभयो ।
पार्टीको बैठकमा एकलौटी निर्णयहरु गर्न लागिएको भन्दै उहाँले पुष ११ गते गरिएको निर्णय सच्याउन आबश्यक रहेको बताउनु भयो । पार्टी भित्र देखिएका बिबाद समाधानका लागि ११ गतेको निर्णय सच्याउँदै त्यस अघि भएका सहमतीहरु कर्यान्वयन गर्दै जानुको बिकल्प नरहेको नेता पौडेलको भनाई थियो ।
पार्टी नेतृत्वले आफ्नो कार्यशैली परिबर्तन गर्न सकेमा मात्रै पार्टी एक हुने र चलायमान वन्ने उहाँको भनाई थियो । उहाँले भन्नुभयो “नेतृत्वको कार्यशैली प्रति हाम्रो सहमती छैन । यसलाई परिवर्तन गर्नु आबश्यक छ ।” नेतृत्वको कार्यशैली प्रति सार्तीहरुले आ आफ्नो धारणा राख्ने काम भईरहेको भन्दै उहाँले महाधिबेशनको बिषयलाई छिटो टुङ्गोमा पुर्याउन आबश्यक रहेको उहाँले बताउनु भयो ।
नेपाली काँग्रेस रत्ननगर नगरसमितिले आयोजना गरेको वनभोज कार्यक्रममा सहभागी हुन चितवन आउनु भएका नेता पौडेलले अहिले सरकारले गरेका कामहरु प्रति प्रतिपक्षको भूमिका महत्वपूण हुन नसकेको बताउनुभयो । पार्टीको नेतृत्वमा त्यो क्षमता नदेखिएको उहाँको आरोप थियो । उहाँले भन्नुभयो “सरकारलाई सहिबाटो हिडाउनका लागि प्रतिपक्षमा मोरल स्टेट चाहिने हो । तर हाम्रो नेतृत्वले त्यो पुरा गर्न सकेको छैन ।”

प्रतिक्रिया दिनुहोस !