चितवनः नेपाल कम्युनिष्ट पार्टी नेकपाका तत्कालीन अंगरक्षक दानबहादुर मल्लले सरुवा भएको १५ दिन पछि मात्र चितवन छाडेका छन् । सरुवाको सुरुवाती समयमा समय पुरा नभएको भन्दै प्रचण्डको गृहजिल्ला वस्न रुचाएका मल्ललाई प्रहरी प्रधान कार्यालयको पत्रका कारण भन्दै प्रदेश प्रहरीले १२ घण्टे अल्टिमेटम दिएको समय सकिई सकेपछि वल्ल चितवन छाडेका हुन ।
प्रहरी प्रधान कार्यालयले रानैतिक आडमा सांगठनीक कमाण्ड भंग गर्न खोजेको आसयको पत्र सहित कार्यालयमा पठाए पछि मल्ल बाध्यभएर चितवन छाडेका हुन । उनले सुरुवातमा भएको सरुवालाई मान्य नहुने समेत भन्न भ्याएका थिए । उनलाई १२ घण्टे समय अबधि आउँदै गर्दा नेकपाका अध्यक्ष पुष्पकमल दाहालको स्वागतमा पुगेका मल्लले यस बिषयमा बोल्न चाहेका थिएनन् ।
चितवन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभना सदस्य समेत रहेका मल्ल प्रचण्डको आडमा अझै चितवन बस्न चाहेको वुझिन्छ । प्रहरी प्रधान कार्यालयले ताकेता लाए पछि जिल्ला छाडेका मल्ल चितवन आउने समय देपखि जाने समय सम्म केहि राम्रा राम गरेको भए पनि उनको आफ्नै कारणले आँफु सहित दाहाल परिवारको नाम समेत वदनाम गराएका छन् ।
आज आफ्ना सिमित मान्छेहरुको सहभागितामा जिल्ला छाडेका मल्लका कारण भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र पार्टी अध्यक्ष समेत वदनामी वनेको नेकपा वृत्तको वुझाई रहेको छ । चेनअफ कमाण्ड मान्दीन भन्ने आशयको उनको अभिव्यक्तिका कारण नेकपा अध्यक्ष प्रचण्डलाई समेत चितवनमा सकस थपिएको बुझाई रहेको छ । पूर्व नेकपा एमाले निकट नेताहरु मल्लका कारण पार्टीको उच्चाई घट्न पुगेको बताईरहेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लले आज दिउँसो आफ्नो सरुवा भएको ठाउमा रमाना वुझि गएका छन् । मल्ले आफ्नो दरवन्दिका लागि राष्ट्रिय सभान अध्यक्ष गणेश प्रसाद तिमिल्सीनाको बिदाई संगै रमना बुझेको प्रहरी स्रोतले जनाएको छ ।
मल्लले कार्यालयका प्रहरी नायब उपरिक्षक एकनारायण कोइरालालाई कार्यालयको सम्पूर्ण बरबुझारथ गरेका छन् । जिल्ला प्रहरी प्रवक्ता समेत रहेका कोइरालाले आज मल्ललाई कार्यालयबाट बिदाइ गरिएको जानकारी दिनुभयो । ‘‘उहांँ आज यहांँबाट बिदाइ भएर जानुभयो,’’ उहाँले भन्नुभयो, ‘‘घर जानुहुन्छ कि काठमाडौं त्यो भने थाहा भएन ।’’
मल्लले आफूलाई निमित्त जिम्मेवारी सुम्पिएको भन्दै कोइरालाले अर्का प्रहरी उपरिक्षक गंगा पन्त कहिले आउने भन्ने विषयमा एकिन जानकारी नभएको बताउनुभयो ।
यद्यपी स्रोतका अनुसार पन्त आइतबार जिल्ला प्रहरी कार्यालय हाँजीर गर्न आईपुग्ने बताउनुभयो । सरुवा भएको दुई सातासम्म पनि जिल्ला नछाडेपछि एसपी मल्लको चर्को आलोचना भएको थियो । प्रहरी प्रधान कार्यालयले पुस ४ गते एसपी मल्लको सरूवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस !