
चितवनः राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले बिपि कोईराला मेमोरीयल क्यान्सर अस्पतालप्रति जनताको भरोसा गुम्न दिन नहुने बताउनु भएको छ । आज यहाँ अस्पतालको निरिक्षण अनुगमन पछि उहाँले कर्मचारीहरुलाई निर्देशन दिदै अस्पतालले दिएको सेवालाई अझै बिशिष्टिकृत गर्न आग्रह गर्नु भएको हो ।
अस्पतालमा उपचाररत राष्ट्रिय सभा सदस्य सूर्य प्रसाद उपाध्ययको स्वास्थ्य अवस्थाबारे जानकारी लिन चितवन आई पुग्नु भएका उपचारका क्रममा स्वास्थ्य अवस्था बारे जानकारी लिई सके पछि तिमिल्सीनाले अस्पतालको अवलोकन भ्रमण गर्नु भएको थियो ।
उपाध्यायको अन्ननलिमा क्यान्सरको समस्या देखिए संगै उपचारका लागि केहि दिन देखि उपचारको क्रममा अस्पताल आउनु भएको छ । उहाँको अहिले केमो चडाउने काम भईरहेको छ ।
अस्पतालको आन्तरीक भ्रमण पछि आयोजित स्वागत कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक डा. बिजयचन्द्र आचार्यले अस्पतालका बिषयमा भएका प्रगती र देखिएका चुनौतिका बिषयमा जानकारी गराउनु भएको थियो ।
अनुगमनपछि कर्मचारीहरुलाई निर्देशन दिदै उहाँले अस्पतालको सेवा लाई अझै उच्च वनाउन निर्देशन दिनुभएको हो । स्वास्थ्य सेवा जनताको पहिलो अधिकारी भएको भन्दै उहाँले यस प्रति जनताको बिश्वास गुम्न नहुने धारणा व्यक्त गर्नुभयो ।
अस्पताललाई आबश्यक सहयोग गर्नका लागि आँफुले सरकारको ध्यान केन्द्रित गराउने उहाँको भनाई थियो ।