चितवनः नेपाल बिद्यार्थी संघ बिरेन्द्र बहुमुखि क्याम्पसले क्याम्पसमा तत्काल शिक्षक दरवन्दी थप गर्न माग गर्दै बिरोध जनाएको छ । बिरोध कार्यक्रम अन्तर्गत बिरोध सभा सम्पन्न गरेको छ ।
क्याम्पसमा शिक्षक अपुग भएका कारण बिद्यार्थीको पठनपाठन प्रभाबित भएको भन्दै संघ आन्दोलित बनेको हो । क्याम्पसले अपुग शिक्षक दरवन्दी १७ जनाको आवेदन आव्हान गरेको थियो । सो दरवन्दी मा लगभग एक सय जनाको आवेदन परेको थियो । शिक्षक छनोट प्रकृया सुरु हुनु अघि अन्य बिद्यार्थी संगठनहरुले क्याम्पस प्रशासनमा तालावन्दी गरेका थिए । सोको विरोध गर्दै नेबिसंघले आन्दोलन गरेको हो ।
बिद्यार्थीहरुलाई शिक्षकको आबश्यकता भएको भए पनि विभिन्न राजनैतिक दलका भातृ संगठनले भागवण्डाका नाममा क्याम्पस प्रशासनमा ताला लगाएको नेबिसंघको आरोप छ । शिक्षक नियुक्तीका क्रममा राजनैतिक भागवण्डा गर्न नहुने भन्दै नेबिसंघ आन्दोलित भएको हो ।
बिरोध सभामा वोल्दै नेबिसंघ जिल्ला उपाध्यक्ष एवं ईकाई अध्यक्ष अनमोल अधिकारीले बिद्यार्थीहरुको हकहितमा काम गर्नका लागि बिद्यार्थी संगठन आबश्यक देखिए र खोलिएकोमा अहिले क्याम्पसमा शिक्षक नियुक्ती संगै अन्य काममा समेत भागवण्डाको राजनिति गर्ने थलो वनाउन नहुने बताउनु भयो । शिक्षक नियुक्तीका बिषयमा गरिएको राजनिति रोकीनु जरुरी रहेको उहाँको भनाई थियो ।
क्याम्पसमा शिक्षक अभावका कारण शैक्षिक गुणस्तर खस्किदै गएको अबस्थामा गरिएको यस्तो कार्यले बिद्यार्थीको भबिश्य अन्योलमा पर्ने नेबिसंघको आरोप छ । यस्तै नेबिसंघले बिरोधका कार्यक्रम अन्तर्गत भोलि रकम संकलन गरि शिक्षक नियुक्त गर्न दवाब दिने भएको छ ।
अन्य संगठनहरुले शिक्षक नियुक्त रोकेको सन्दर्भमा नेविसंघले शिक्षकलाई तलब भक्ता उपलव्ध गराउनका लागि रकम संकलन गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस !