दबंग ३ मा चुलबुल पाण्डेको कहानी सुरुदेखि अन्त्यसम्म

बलिउडका भाइजान सलमान खान धेरै कुरामा ट्यालेन्ट छन् । सलमान खान अभिनयको क्षेत्रमा परफेक्ट त छदैछन् । त्यो बाहेक पेन्टिङ र लेखनमा पनि उनी अब्बल छन् । त्यसमा उनको रुची पनि छ ।

सलमानले १९९० मा बागीः द रेबल फर लभ, १९९३ मा चन्द्रमुखी, २०१० मा वीरको कथा लेखिसेका छन् । र अब उनी आफैंले लेखेको दबंग ३ रिलिजको संघारमा छ ।

दबंग ३ को सिलसिलामा सलमानले हालै एक खुलासा गरेका छन् । सलमानका अनुसार दबंग ३ हामीले धेरै समय प्लानिङ गरेर बनाएको होइन । उनले भने, ‘एक दिन हामी यत्तिकै गफ गरिरहेका थियौं । त्यही गफको क्रममा दबंग बनाउने कुरा चल्यो ।’

सलमानले थपे, ‘त्यसपछि फिल्ममा कस्तो कथा राख्ने भन्नेबारेमा हामीले सोच्न थाल्यौं । त्यसपछि हामीले सोच्यौं कि फिल्लमा चुलबुल पाण्डेको कहानी सुरुदेखि अन्त्यसम्म राख्नुपर्छ । दबंग ३ को दौरान हामीले दबंगका अघिल्ला फिल्म पनि हेर्यौं । र दबंग ३ को कथा फाइनल गर्यौं ।’

बहुप्रतिक्षित फिल्म दबंग ३ लाई प्रभुदेवाले निर्देशन गरेका छन् । फिल्ममा सलमान खान, सोनाक्षी सिन्हा, अरबाज खान तथा साई मान्जरेकरको मुख्य भूमिका छ ।एजेन्सी