चितवनः तपाईलाई सुन्दा पनि अचम्म लाग्न सक्छ । पहिलो निर्वाचनमा आँफैलाई पराजित गरेको व्यक्तिको अर्धकदको शालिक वनाउने भन्ने विषयमा । तर चितवनको भरतपुर महानगरपालिकामा यस्तै भएको छ । आँफैलाई पराजित गरेर अध्यक्ष वनेका व्यक्तिको अर्धकदको शालिक निर्माणको निर्णय भएको छ ।
तत्कालीन नेकपा एमालेबाट वडा अध्यक्षमा विजयी भई क्यान्सर रोकागका कारण निधन भएका चर्तुमान गुरुङ्को अर्धकदको शालिक निर्माण गरिने भएको द्ध । हालै सम्पन्न उप निर्वाचनमा चतुमान संग पराजय भएका अमृतराज हमालले उनको अर्धकदको शालिक निर्माण गर्ने भएका हुन । मंसिर १४ गते सम्पन्न उप निर्वाचनबाट अध्यक्षमा निर्वाचित भएर कार्यवहार सम्हाल्लने वित्तिकै उनै गुरुङ्को अर्धकदको शालिक वनाउने निर्णय गरेका हुन् ।
आज विहान शपथ ग्रहण पछि कार्यालयमा कार्यवहार सम्हालकेका हमालले आफ्नो पहिलो निर्णयनै शालिक निर्माणको गरेका हुन ।
वि. सं. २०७४ सलामा भएको स्थानीय तहको निर्वाचनमा विजयी गुरुङ्को क्यान्सर रोगका कारण निधन भए संगै उप निर्वाचन भएको थियो । हमालले संस्थापक अध्यक्षको रुपमा सम्मान गर्न शालिक वनाउने निर्णय गर्नुभएको हो । गुरुङ् तत्कालीन नेकपा एमालेबाट निर्वा्चित वडा अध्यक्ष हुनुहुन्थ्यो भने हमाल काँग्रेसका तर्फबाट उम्मेदवार वनि निर्वा्चित हुनु भएको हो ।
यस्तै हमालले आजै देखि आँफुले पाउने सेवा सुविधा कुनै नलिने निाणर््य समेत गर्नुभएको छ । अध्यक्षको हैसियतमा पाउने सेवा सुविधा सवै सोहि वडामा रहेको गरिव विपन्न परिवारको वालवालिकाका लागि खर्च गर्ने निाणर््य गर्नुभएको हो ।
आज विहान भरतपुर महानगरपालिकामा आयोजित शपथ ग्रहण पछि उहाँले दिउँसोनै कार्यवहार सम्माल्नु भएको हो । शपथ ग्रहणमा आउनु अघि हमालले स्व. गुरुङ्को परिवार संग भेटघाट गरि आर्शिवाद लिएर आउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !