कुनै समय बाटो बाटोमा गीत गाउँदै हिडेका गायक हुन प्रेम परियार । नाई नभन्नू ल २ सिरिजमा गीत गाएसंगै चर्चामा आएका यी गायक अब नायक बन्ने भएका छन् । प्रेम राज बहादुर सानेको निर्देशनमा बन्न लागेको फिल्म पर्खि बसे फर्की आउनेछुमा काम गर्ने भएका हुन् । फिल्ममा उनको अपोजिटमा समिक्षा बस्नेत रहनेछिन् ।
फिल्मको दाङमा एक कार्यक्रमकाबीच शुभमुहर्त गरिएको छ । रोशन कुमार थापा प्रस्तुतकर्ता रहेको फिल्ममा खेम राज बिक कार्यकारी निर्माता रहेका छन् । यम कान्त भण्डारी निर्माता र एकराज थापा सह निर्माता रहेको फिल्म लभस्टोरी जनरामा निर्माण हुन लागिरहेको छ । फिल्ममा प्रेम र समिक्षासंगै देव सागर ,पदम तामाङ,सुशील गौतम,सुशील पोखरेल,दिपक थापा,शुभम गौतम,डा.लोकराज पराजुली,हेमराज बिसी लगाएतका कलाकारहरुको अभिनय रहनेछ ।
अपांग केटिको टिन एजमा हुने रहर र जीवन संघर्षको कथा फिल्मले उठान गर्नेछ । प्रेमले सानैदेखि अभियनमा रुची रहेकोले र फिल्मको कथा पनि मन परेकोले पर्खि बसे फर्की आउनेछुमा काम गर्न लागेको बताए । यता समिक्षाले पनि सोही कुरा दोहो¥याईन् । फिल्मको रिलिज मिति भने तय भएको छैन ।