चितवनः जिल्लामा समलिङ्गीहरुमा देखिएको एड्स संक्रमण मुख्य चुनौतीको रुपमा रहेको छ । जिल्लामा रहेका चार हजार पाँच सय समलिङ्गी योनकर्मीहरु मध्ये पछिल्लो समय ४६ जनालाई एचआईभि एड्स संक्रमण देखिएको छ ।
विगत २ महिनामा मात्र ११ जना यस्ता समलिङ्गीहरुमा एड्सको संक्रमण देखिएको हो । समलिङ्गी योनकर्मीहरु खुलेर आउन नचाहेका कारण मुख्य रुपमा समस्या वन्दै गएको हो । मानव सचेतना समाज चितवनको सम्पर्कमा रहेका ती समलिङ्गीहरु अहिले पनि रोग प्रतिरोधात्मक औषधी एआरवि खान खासै चासो दिदैनन् । जसका कारण उनीहरुमा यो रोगको संक्रमण वढ्ने देखिएको आज भरतपुरमा आयोजित एक कार्यक्रममा जानकारी दिईएको थियो ।
समाजका कार्यक्रम संयोजक देव श्रेष्ठका अनुसार समलिङ्गीहरु औषधी सेवन गर्नका लागि नमान्ने भएकाले ठूलो चुनौतीको रुपमा रहेको छ । समाजको सम्पर्कमा आएका यस्ता व्यक्तिहरुलाई सल्लाहा दिने गरेको भए पनि अधिकांशले औषधी सेवन गर्न गाह्रो मान्ने गरेको उहाँको भनाई छ । कतिपयले जिल्ला बाहिर गएर औषधि लिने गरेको भए पनि अधिकांशले औषधिनै प्रयोग नगर्ने गरेका छन् ।
भरतपुर अस्पतालमा रहेको एड्स हेल्थ फाउण्डेसन चितवनका कार्यक्रम संयोजक कृषण्हरी सापकोटाका अनुसार यस्ता व्यक्तिहरु हामी समलिङ्गी हौ भन्न समेत डराउने गरेका छन् । जसका कारण उनीहरुमा एचआर्इृभि एड्को संक्रमण वढ्दो क्रममा रहेको छ ।
विश्व एड्स दिवसको अवसमारमा आज भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा दिईएको जानकारी अनुसार पछिल्लो समयमा धर्मका नाममा संक्रमितहरुले नियमीत औषधि सेवन समेत रोकेका छन् । जसका कारण उनीहरुलाई समस्या देखिने जनाईएको थियो । धर्मका नाममा औषधी सेवन नगर्नेमा माडी नगरपालिका र ईच्छाकामना गाउँपालिकाका संक्रमितहरु वढि रहेका छन् । उनीहरुले पिता प्रमेश्वरको वचनका कारण औषधि सेवन गर्न छोडेको जानकारी गराएको एएचएफ नेपाल चितवनले जनाएको छ । कतिपयहरु सो धर्म मान्ने भए पनि लुकिछिपि औषधि सेवनका लागि आउने गरेको सापकोटाले जानकारी दिनुभयो ।
कार्यक्रममा दिईएको जानकारी अनुसार जिल्लामा अझै पनि ८ देखि १० प्रतिशतले असुरक्षित योन सम्पर्क गर्ने गरेका छन् । उनीहरु आवेगमा आएर वा पाटनरको कारण असुरक्षीत योन सम्पर्क गर्न वाध्य भएका हुन । यसको संक्रमणमा पछिल्लो समय ४० वर्ष माथिका उच्च घरानीयाहरु समेत रहेको सो अवसरमा जानकारी दिईएको थियो । राज्यको ध्यान नपुगेको यस क्षेत्रमा विलाशिताका लागि योन सम्पर्कलाई लिदैं गर्दा संक्रमित वढेको सो अवसरमा जानकारी दिईएको थियो ।
३२ औं विश्व एड्स दिवस चितवनमा पनि मनाइने भएको छ । विभिन्न सचेतनाका कार्यक्रमसहित ३ दिनसम्म भव्यताका साथ विश्व एड्स दिवस मनाइन लागिएको हो । दिवसका कार्यक्रम आज शुक्रबारबाट सुरु भएको छ ।
भरतपुर महानगरको स्वास्थ्य शाखा, भरतपुर अस्पताल, स्वास्थ्य कार्यालय चितवनको संयोजनमा एड्स हेल्थ केयर फाउन्डेसन भरतपुरले कार्यक्रम गर्न लागेको हो । आज भरतपुरमा भएको पत्रकार भेटघाट कार्यक्रममा एड्स हेल्थ केयर फाउन्डेसन नेपालका प्रदेश नं ३ का संयोजक कृष्णहरि सापकोटाले एचआईभी टेष्ट तथा अटो ¥यालीलगायतका कार्यक्रम गरी चितवनमा विश्व एड्स दिवस मनाइने बताउनुभयो ।

उहाँका अनुसार भोलि शनिबार भरतपुर कारागारमा रहेका कैदी बन्दीको एचआईभी परीक्षण हुनेछ । तेस्रो दिन आइतबार बिहान भरतपुर अस्पतालबाट एचआईभी एड्सको सचेतना दिँदै अटो ¥याली निकालिने छ । यसबाहेक आइतबार भरतपुर क्यान्सर अस्पतालअगाडि एचआईभी परीक्षणको कार्यक्रम राखिएको सापकोटाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !