दर्शकको मन जित्दै लै बरी लै

नेपाली प्रयाङ्क मिनिस्टर युट्यूब च्यानलबाट रिलिज गायक सपन श्रेष्ठ स्वर तथा ¥यापर प्रिन्स राज फिचर  “लै बरी लै” बोलको नयाँ गीतको म्युजिक भिडियोले छोटो समयमानै दश लाख दर्शक पाउन लागेको छ । यो खबर तयार पर्दासम्म नेपालमा युट्यूबको ट्रेंडिंगमा परी सात लाख दर्शक पाईसकेको छ ।  साथै दर्शकहरुले भिडियोलाई सकारात्मक प्रतिक्रिया दिइराखेका छन् ।

गायक श्रेष्ठको भिडियोमा नेपालका चर्चित मोडलहरु तनुजा गुरूङ, सुष्मा अधिकारी ,सम्पदा बानिया ,स्वीकृति प्याकुरेल ,कश्या अधिकारी लगायतकालाई ग्ल्यामर लुक्समा फिचर गरिएको छ।  साथै भिडियोमा गायक श्रेष्ठ र कोरियोग्राफर नरेस बिर शिंह लाई पनि फिचर गरिएको छ।
निकै उत्कृष्ट देखिएको भिडियो लाई नरेस बिर शिंहले कोरियोग्राफी र नितिन चन्दले निर्देशन गरेका हुन् । दिप्सन डंगोलले खिचेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन ।

एउटै गीतमा एक साथ चर्चित मोडलहरु एक साथ देखिनुमा ‘गीतकै डिमाण्डका कारणले मैले धेरै मोडल राखेको हु , यो गीत बाट मैले धेरै आश गरेको छु ‘ गायक श्रेष्ठले भने।
ब्रिजेस श्रेष्ठको शब्द, संगीत तथा एरेन्ज रहेको गीतलाई गायक सपनले पूर्ण रुपमा न्याय गरेका छन् । भिडियोबाट प्राप्त रोयल्टीको २० प्रतिशत भिम बिकलाई सहयोग गर्ने, समाजसेवी अन्जना श्रेष्ठले बताईन ।