
चितवनः त्रिभूवन विश्वविद्यालयको चितवन ईन्जिनियरीङ् क्याम्पस रामपुरमा पठनपाठन सुरु भएको छ । पहिलो वर्ष स्नातक तहमा आर्कीटेक्चर कार्यक्रमको पढाई सुरु भएको हो ।
क्याम्पस प्रमुख सुदिप शर्मा पौडेलका अनुसार २४ जना विद्यार्थीलाई आईतवारबाट पठनपाठन सुरुवात गरिएको हो । ती मध्ये ६ जना नियमीत र १८ जना पूर्ण शुल्कीय हुन । नियमीतले ५ वर्षमा रु ५० हजार र पूर्ण शुल्कीयले रु ४ लाख हाराहारी तिर्नुपर्ने हुन्छ । यो त्रिविको ईन्जिनियरीङ अध्ययन संस्थानको पाँचौ क्याम्पस हो ।
यस अघि यस संस्थान अन्तर्गत ललितपुरको पुलचोक, काठमाडौंको थापाथली, पूर्वान्चलको धरान र पश्चिमाञ्चलको पोखरामा ईन्जिनियरीङको पढाई हुँदै आएको छ । रामपुरमा सात वटा कार्यक्रम संञ्चालन गर्ने योजना रहेको छ । पौडेलका अनुसार सिभिल, कम्युटर, मेकानिकल, ईलेक्ट्रोनीक्स एण्ड कम्यूनिकेसन, एप्लाईड साईन्स र ईलेक्ट्रीकल ईन्जिनियरीङ प्रस्तावित थप कार्यक्रम रहेका छन् । पौडेलले सरकारले वजेट र शिक्षक कर्मचारी दरवन्दी उपलव्ध गराएमा आउँदो शैक्षिक सत्रवाट थप कार्यक्रम संञ्चालन गर्न सकीने वताउनु भयो ।
भरतपुर महानगरपालिका र निवर्तमान उपकुलपति तिर्थ खनियाँको पहलमा यसै शैक्षिक सत्रबाट पढाई सुरु गरिएको हो । रामपुरमा त्रिविले खेलकुदका लागि वनाएको पुरानो भवनमा क्याम्पस सुरु गरिएको हो । रामपुरबाट कृषि विषय हटेपछि त्रिविले त्यहाँ ईन्जिनियरीङ कार्यक्रम संञ्चालन गर्न गृहकार्य गरिरहेको थियो ।