चितवनः सन २०१९ को दश महिनामा जिल्लामा ५७ जना नयाँ एच आई भि संक्रमीत थपिएका छन् । १३ हजार ६ सय ४१ जनाको रगत परिक्षण गरिएकोमा सो संख्यामा संक्रमीत भेटिएका हुन ।
भरतपुर अस्पतालमा रहेको एड्स हेल्थ फाउण्डेशनका अनुसार जिल्लाको बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा सो संख्यामा संक्रमित भेटिएका हुन । फाउण्डेसनका कार्यक्रम संयोजक कृष्णहरी सापकोटाका अनुसार यो संगै जिल्लामा कार्यक्रम सुरु भए यता १ हजार ७ सय ८६ जना संक्रमीत पुगेका छन् । उनीहरु मध्ये १ हजार ५ जना पुरुष र ७ सय ८१ जना महिला रहेका छन् ।
सो समयमा १ सय ६४ जनाको मृत्यु भएको सापकोटाले जानकारी दिनुभयो । मृत्यु हुनेमा १ सय १५ जना पुरुष र ५९ जना महिला रहेका छन् । पुरुषहरुले आफ्नो स्वास्थ्यको ख्याल नराख्दा वढि संख्यामा मृत्यु हुने गरेको पाईएको छ ।
यस कार्यालयमा अहिले नियमीत एआरबि औषधि सेवन गर्ने ९ सय ११ जना संक्रमीत रहेका छन् । जस मध्ये ६४ जना वालवालीका रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !