
चितवनः विपि कोईराला मेमोरीयल क्यान्सर अस्पतालले आज देखि विस्तारीत सेवा सुरु गरेको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले कास्कीवाट हाडजोर्नीको उपचारका लागि आउनु भएका अग्नीधर भण्डारीलाई सेवाको टिकट हस्तान्तरण गर्दै सुरु गर्नुभएको हो ।
सेवाको सुभारम्भ गर्दै उहाँले उपचारका लागि अस्पताल आउने विरामीहरु विना उपचार फर्कन नहुने वताउनुभयो । वाहिर आउने गरेका गुनासाहरु नआउने गरि काम गर्न आवश्यक रहेको उहाँको भनाई थियो ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपाका जिल्ला अध्यक्ष यमवहादुर परियार, नेपाली काँग्रेसका जिल्ला सचिव उत्तम जोशी, समाजवादी पार्टीका जिल्ला अध्यक्ष प्रेम भूजेल, चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र वस्नेत लगाएतले संञ्चालन गरिएको सेवा दिर्घकालिन हुन आवश्यक रहेको वताउनुभएको थियो ।
यो संगै क्यान्सर रोगको उपचार गर्न यहाँ आउने जो कोहीले आजबाट पालो नपाएर नीजिमा धाउनु नपर्ने भएको छ । विस्तारीत स्वास्थ्य सेवा सुरु गरे संगै साँझको समयमा अस्पतालमानै न्यून अतिरिक्त शुल्क तिरेर उपचार गर्न पाउने भएका छन् ।
अस्पतालको नियमीत सेवामा विरामीको चाप हुँदा पालो नपाएर विरामीहरुले चर्को शुल्क तिरेर नीजिमा उपचार गराउन वाध्य हुनु परेको थियो । अस्पतालका कार्यकारी निर्देशक डा. विजयचन्द्र आचार्यका अनुसार नियमीत स्वास्थ्य परिक्षणका लागि विहान ७ वजे देखि दिउँसो २ः३० वजे सम्म वहिरंग टिकट काटिन्छ भने त्यस पछि तीन घण्टा विस्तारीत स्वास्थ्य सेवाका लागि टिकट काटिने छ । गर्मी महिनामा यो समय एक घण्टा थपिने छ ।
विस्तारीत सेवामा वहिरंग टिकट नेपाल सरकारले तोके अनुसार केहि थप लाग्ने छ भने रेडीयोलोजी, प्याथोलोजी, शैया लगाएतमा थप शुल्क लाग्ने छैन । विस्तारीत सेवामा शल्यक्रियामा नियमीत भन्दा ५० प्रतिशत र रेडीयोथेरापिमा २५ प्रतिशत वढि शुल्क लाग्ने आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार अस्पतालको नियमीत सेवामा सवैभन्दा महंगो शल्यक्रियाको रु ३० हजार पर्ने गर्दछ ।
सोही शल्यक्रिया विस्तारीत सेवामा गर्दा रु ४५ हजार पर्दछ भने वाहिर नीजिमा गर्दा रु २ लाख सम्म पर्ने गर्दछ । शल्यक्रियापछि र अघि अस्पतालमा हुने अन्य केही सेवामा वाहेक अतिरिक्त शुल्क नहुने हुँदा विरामीलाई वाहीरको तुलनामा निकै कम शुल्क लाग्ने आचार्यको भनाई छ । विरामीको चाप नियमीतमा धान्न नसके पछि पालो कुर्न र नीजिमा धाउनु नपरोस भन्ने उदेश्यले विस्तारीत सेवा सुरु गरिएको हो ।
अस्पताल स्थापना हुँदा अस्पतालका चिकित्सक, कर्मचारीलाई आकर्षक सुविधा दिएर अस्पतालमा मात्र काम गर्नु पर्ने व्यवस्था गरिएको भए पनि यसलाई कार्यान्वयन गर्न सकिएको थिएन । आचार्यले यस सेवा संगै विरामीले सुविधा र चिकित्सक कर्मचारीले अतिरिक्त पारिश्रमीक पाउने वताउनुभयो । सवै विभाग नियमीत संञ्चालनका लागि पालो मिलाईएको उहाँको भनाई छ । अस्पतालले शिक्षण अस्पताल, सिभिल, गंगालाल र धरानको नमुनालाई हेरेर यहाँको व्यवहारीक अवस्थालाई समेत मनन् गर्दै नयाँ ढङ्गले विस्तारीत सेवा सुरु गरेको हो ।
२० वर्ष अघि चीन सरकारको सहयोगमा स्थापना भएको यस अस्पतालमा देशभरका र भारतिय सिमा क्षेत्रवाट विरामी उपचारका लागि आउने गर्दछन् ।
गत आर्थिक वर्षमा अस्पतालवाट एक लाख ४२ हजार ३ सय ७७ जनाले सेवा लिएका छन् । जस मध्ये ७ हजार ८ सय ९३ जनाको क्यान्सर पहिचान भई उपचार भईरहेको छ । यस अघि आर्थिक वर्ष २०७४÷०७५मा १ लाख २१ हजार १ सय ३५, आर्थिक वर्ष ०७३÷०७४ मा १ लाख १३ हजार ७ सय ९९ जना र आर्थिक वर्ष २०७२÷०७३मा १ लाख १२ हजार १ सय ७६ जनाले सेवा लिएका थिए ।
अस्पतालमा उपचार गराएका मध्ये आर्थिक वर्ष २०७४÷०७५ मा ६ हजार २ सय ९६, आर्थिक वर्ष २०७३÷०७४ मा ४ हजार ५ सय ४८ र आर्थिक वर्ष २०७२÷०७२ मा ५ हजार ४ जनामा क्यान्सर पहिचान भएको थियो ।
अस्पतालमा पछिल्ला वर्षहरुमा सेवा विस्तार लाई तिव्र पारिएको छ । आचार्यका अनुसार एम आर आई, सिटिस्क्यान, मेमोग्राम, गामा क्यामेरा नियमीत संञ्चालनमा ल्याईएको छ । रेडियोथेरापिको सेवालाई गुणात्मक र संख्यात्मक रुपमा वृद्धि गरि अत्याधुनिकरण गरिएको उहाँले वताउनु भयो । अस्पतालमा गत वर्ष ल्याईएको क्लिन्याक नाईन, अंको सिटी स्क्यान उपकरण र शरिरको भित्रि भागमा भएको क्यान्सर रोगको उपचारमा प्रयोग हुने व्राकी थेरापि उपकरणका कारण विरामीलाई सेवा पुर्याउन सहज भएको छ ।
अस्पतालको प्याथोलोजि विभागमा नयाँ उपकरणहरु थप गरि आधुनिकीकरण गरिएको छ । दुई दुई घण्टामा विरामीको रगत परिक्षणको नतिजा दिईने गरिएको छ । आकस्मिक कक्षमा छुट्टै प्रयोगशाला संञ्चालनमा ल्याईएको छ । रक्त क्यान्सरका पिडित विरामीलाई आधुनिक स्तरको सेवा दिन हेमाटो अंकोलोजि विभाग सुरु गरिएको आचार्यले वताउनुभयो । अस्पतालमा विभिन्न खालका क्याविनहरु संञ्चालनमा आएका छन् । अस्पतालमा सघन उपचार कक्ष संञ्चालनमा आई सकेको छ ।
अस्पतालले आफ्नै फार्मेसी संञ्चालन गरि निकै सस्तोमा औषधि वितरण गरेको छ । एक सय शैयावाट सुरु भएको अस्पताल हाल चार सय पचास शैया संञ्चालनमा रहेको छ ।