
कपनगढी सिनेमा प्रालि र फिल्म क्रिउ नेपालको सहकार्यमा निर्माण हुन लागेको चलचित्र ‘झींगे दाउ’को छायांकन मंसिर ५ गतेबाट सुरु हुँदैछ । यो चलचित्रलाई ज्ञानेन्द्र देउजाले निर्देशन गर्दैछन् ।
साहित्यकार भीमनीधि तिवारीको ‘अन्तरे भाग’मा समावेश ‘झींगे दाउ’मा आधारित रहेर यो चलचित्र निर्माण हुन लागेको हो । यो चलचित्रका लागि कलाकारहरुमा मुकुन भुषाल, केकी अधिकारी र आँचल शर्मा फाइनल भैसकेका छन् ।