चितवनः केहि समय यता क्यान्सर रोगका कारण विरामी पर्नु भएका अग्रज पत्रकार रेशम विरहीको भरतपुर स्थित वी.पी. कोईराला मेमोरीयल क्यान्सर अस्पतालमा सफल शल्यक्रिया गरिएको छ । अस्पतालका चिकित्सक डा. विनय ठाकुरका अनुसार उहाँको ठूलो आन्द्राका दुई ठाउँमा शल्यक्रिया गरिएको हो ।
मलद्धार र त्यसको १० सेन्टिमिटर माथि सिगमोईट क्लोनमा शल्यक्रिया गरि त्यहाँको ट्यूमर हटाईएको ठाकुरले वताउनुभयो । मृगौलालाई असर पर्न सक्ने र दिशा पिसाव पाईप मार्फत गर्नु पर्ने खतरा रहेको भए पनि शल्यक्रिया पछि ती दुवै समस्या हल भएको चिकित्सकले जनाएका छन् ।
ठाकुरका अनुसार अर्को आन्द्रलाई मलद्धारमा जोडेर पूर्ववत अवस्थामा दिशा पिसाप गर्न सक्ने गरि शल्यक्रिया गरिएको हो । विहिवार शल्यक्रिया गरिएका विरहीले राम्रो संग वोलचाल गर्न सकेको परिवारले जनाएको छ । अस्पतालका कार्यकारी निर्देशक डा. विजयचन्द्र आचार्यले अस्पताल र क्यान्सर सेवा समाजबाट आवश्यक सहयोग विरहीलाई पु¥याईएको वताउनु भयो । शल्यक्रिया पछि विरहीको वाँकी केमो दिनु पर्ने हुन्छ । यस अघि पाँच साईकल केमो दिईसकीएको छ । रेडीयोथेरापी गर्नुपर्ने हुन सक्ने चिकित्सकले जनाएका छन् । विरहीको उपचारका लागि पत्रकार, साहित्यकार, स्थानीय तह र समाजसेवीहरुले आर्थिक सहयोग गरेका छन् ।
पाँच दशकदेखि पत्रकारिता र साहित्य क्षेत्रमा क्रियाशील विरही चितवन, काठमाण्डौं र नेपालगञ्जमा रहेर विभिन्न पत्रपत्रिकामा काम गरिसक्नु भएको छ । उहाँका नौ वटा कृति प्रकाशित भईसकेका छन् ।
६६ वर्षिय वीरहीले बि.सं. २०२८ सालमा मातृभूमि पत्रिकाबाट पत्रकारिता शुरु गर्नुभएको हो । प्रतिध्वनी, हिमाली हुलाक, मुलुकी आवाज, नेपाल समाचारपत्र, अभिनन्दन, समानान्तर दैनिक, भरतपुर मासिक पत्रिकामा सम्पानको भूमिका गरिसक्नु भएको छ । उहाँ नेपालगञ्जको कालपृष्ठ दैनिकको अतिथि संपादक हुनुहुन्छ भने यहाँको चितवन पोष्ट सहित विभिन्न राष्ट्रिय र स्थानीय पत्रिकामा स्तम्भकारका रुपमा काम गरिसक्नु भएको छ ।
उहाँको बि.सं. २०३६ सालमा पहिलो कृति मुलाको बोक्रा कविता संग्रह प्रकाशित भएको थियो भने पछिल्लो कृति प्रेमदासको डायरी २०७४ सालमा प्रकाशित भएको छ ।

प्रतिक्रिया दिनुहोस !