
चितवनः सुगम जिल्लाको दुर्गम क्षेत्र माडी । जहिले पनि जंगलि जनावार देखि अन्य कारणले आक्रान्त वन्दै आएको छ । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ति वनहरुले घेरीएको माडीमा वर्षेनी जंगलि जनावारको तरास रहने गरेको छ ।
त्रासका विच रहेका जनतालाई माडी नगरपालिकाले केहि हद सम्म भए पनि राहत पु¥याउने काम गरेको छ । यसै क्रममा वन्यजन्तुको आक्रमणवाट अभिभावक गुमाएकाहरुको उच्च शिक्षाका लागि माडी नगरपालिकाले सहयोग सुरु गरेको छ । स्कुलमा अध्ययन गर्दै गरेका सन्तानलाई माडी नगरपालिकाले रु ५ लाख उनीहरुको खातामा जम्मा गर्न सुरु गरेको हो । नगरपालिकाले उनीहरुलाई उच्च शिक्षाका लागि सहयोग पुगोस भन्ने उदेश्यले गत वर्षवाट यो अभियान थालेको हो ।
माडी नगरपालिका चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायीक वनले घेरीएको छ । वन्यजन्तुको सवैभन्दा वढि आक्रमण माडी वासीलाई हुने गर्दछ । मानव संगै घर गोठ र लगाईएका वालि पनि वन्यजन्तुले क्षती पु¥याउँदै आएको छ ।
माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालका अनुसार वावु आमा मध्ये कसैको वन्यजन्तुको आक्रमणवाट निधन भएमा र उनीहरुका सन्तान कक्षा १२ सम्म कुनै पनि कक्षामा अध्ययनरत रहेको अवस्थामा उनीहरुकै खातामा रकम जम्मा गरिने छ । त्यस्ता सन्तान एक वा वढि जे जति भए पनि सो रकम विभाजन गरेर उनीहरुको खातामा जम्मा गरिदिने ढकालले वताउनु भयो ।
सो रकमको व्याज वा मुलधनवाट उनीहरुले उच्च शिक्षा सहज रुपमा आर्जन गरुन भन्ने उदेश्यले नगरपालिकाले यस कार्यको थालनि गरेको ढकालको भनाई छ । गत वर्ष वन्यजन्तुको आक्रमणवाट मारिएका एक व्यक्तिका सन्तानलाई सो रकम नगरपालिकाले जम्मा गरिदिएको उहाँले जानकारी दिनुभयो ।
यस संगै बालिको विमामा ९० प्रतिशत नगरपालिकाले वेहोर्दै आएको छ । वन्यजन्तुका कारण हुने जनधनको क्षतीपूर्ती वापत निकुञ्जले रकम समेत उपलव्ध गराउँदै आएको छ । बालिमा पुगेको क्षतीको निकुञ्जले दिने रकम वरावर नगरपालिकाले थप गर्न समेत सुरु गरेको जनाएको छ । वन्यजन्तुका कारण मानिसको मृत्यु भएमा निकुञ्जले रु १० लाख उपलव्ध गराउने गर्दछ ।
घाईतेहरुको उपचार निकुञ्जले गर्दछ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीले वन्यजन्तुको आक्रमणवाट हुने जनधनको क्षती कम गर्दै क्षती भईहालेमा राहात रकम दिलाउने काममा निकुञ्ज संगै नगरपालिकाले सहकार्य गरेर काम गरिरहेको वताउनुभयो । पछिल्लो समय नगरपालिकाले सुरु गरेका गतिविधिका कारण निकुञ्ज र जनताको विचको द्धन्द्ध कम हुँदै जाने रुपाखेतीको विश्वास रहेको छ ।