
चितवनः बी.पी. कोईराला मेमोरियल क्यान्सर अस्पतालमा सेवा विस्तार संगै उपचार गर्न आउने विरामीको संख्या वढ्दै गएको छ । २० वर्ष अघि चीन सरकारको सहयोगमा स्थापना भएको यस अस्पतालमा देशभरका र भारतिय सिमा क्षेत्रवाट विरामी उपचारका लागि आउने गर्दछन् ।
अस्पतालका कार्यकारी निर्देशक डा. बिजयचन्द्र आचार्यका अनुसार गत आर्थिक वर्षमा अस्पतालवाट एक लाख ४२ हजार ३ सय ७७ जनाले सेवा लिएका छन् । जस मध्ये ७ हजार ८ सय ९३ जनाको क्यान्सर पहिचान भई उपचार भईरहेको छ । यस अघि आर्थिक वर्ष २०७४÷०७५मा १ लाख २१ हजार १ सय ३५, आर्थिक वर्ष ०७३÷०७४ मा १ लाख १३ हजार ७ सय ९९ जना र आर्थिक वर्ष २०७२÷०७३मा १ लाख १२ हजार १ सय ७६ जनाले सेवा लिएका थिए ।
अस्पतालमा उपचार गराएका मध्ये आर्थिक वर्ष २०७४÷०७५ मा ६ हजार २ सय ९६, आर्थिक वर्ष २०७३÷०७४ मा ४ हजार ५ सय ४८ र आर्थिक वर्ष २०७२÷०७२ मा ५ हजार ४ जनामा क्यान्सर पहिचान भएको थियो ।
अस्पतालमा पछिल्ला वर्षहरुमा सेवा विस्तार लाई तिव्र पारिएको छ । आचार्यका अनुसार एम आर आई, सिटिस्क्यान, मेमोग्राम, गामा क्यामेरा नियमीत संञ्चालनमा ल्याईएको छ । रेडियोथेरापिको सेवालाई गुणात्मक र संख्यात्मक रुपमा वृद्धि गरि अत्याधुनिकरण गरिएको उहाँले वताउनु भयो । अस्पतालमा गत वर्ष ल्याईएको क्लिन्याक नाईन, अंको सिटी स्क्यान उपकरण र शरिरको भित्रि भागमा भएको क्यान्सर रोगको उपचारमा प्रयोग हुने व्राकी थेरापि उपकरणका कारण विरामीलाई सेवा पुर्याउन सहज भएको छ ।
अस्पतालको प्याथोलोजि विभागमा नयाँ उपकरणहरु थप गरि आधुनिकीकरण गरिएको छ । दुई दुई घण्टामा विरामीको रगत परिक्षणको नतिजा दिईने गरिएको छ । आकस्मिक कक्षमा छुट्टै प्रयोगशाला संञ्चालनमा ल्याईएको छ । रक्त क्यान्सरका पिडित विरामीलाई आधुनिक स्तरको सेवा दिन हेमाटो अंकोलोजि विभाग सुरु गरिएको आचार्यले वताउनुभयो । अस्पतालमा विभिन्न खालका क्याविनहरु संञ्चालनमा आएका छन् । अस्पतालमा सघन उपचार कक्ष संञ्चालनमा आई सकेको छ भने पोष्ट अप संञ्चालनको तयारीमा रहेको छ ।
अस्पतालले आफ्नै फार्मेसी संञ्चालन गरि निकै सस्तोमा औषधि वितरण गर्न सकेको उहाँले वताउनु भयो । एक सय शैयावाट सुरु भएको अस्पताल हाल चार सय पचास शैया संञ्चालनमा रहेको छ ।