दशैंमा कलिको फुटसल

चितवनः कलि इन्टरटेण्टमेण्ड एण्ड इभेन्ट म्यानेजमेन्टले यहि असोज १५ गतेृवाट प्रोफेसनल दशैं कप नकआउट फुटसल कप २०७६ आयोजना गर्ने भएको छ । भरतपुर महानगरपालिका वडा नम्वर २ क्षेत्रपुरमा रहेको ऐलीनामा संञ्चालन हुने छ ।
१५ गते देखि १८ गते सम्म हुने सो प्रतियोगितमा चितवन र छिमेकी जिल्लाका गरि ३२ वटा टिमको सहभागिता रहने प्रतियोगिताका संयोजक विष्णु भूजेलले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा प्रथम र द्धितृय हुनेले क्रमश ५० हजार र ३० हजार नगद, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
प्रतियोगितामा तीन विधाका उत्कृष्ठ खेलाडीहरुलाई नगद सहित सम्मान गरिने छ । खेलका व्यवस्थापक सुरज गोदारका अनुसार सर्वोश्रेष्ठ खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ठ गोल रक्षकलाई नगद सहित पुरस्कारले सम्मान गरिने छ ।
प्रतियोगिताको तयारी पुरा भएको र उद्घाटन संविधान सभा सदस्य रामकृष्ण घिमिरेले गर्ने कार्यक्रम तय भएको आयोजकले जनाएको छ ।