चितवनः आईतवार विहानको करिव ११ वजदै थियो । भरतपुर अस्पताल वाहिर कर्मचारीहरुको भिड देख्न सकिन्थ्यो भने सोहि संख्यामा विरामीहरुको पनि भिड देखिन्थ्यो । अस्पतालमा उपचारका लागि आएका विरामीहरु चिकित्सक खोज्दै भौतारीही रहेका थिए भने अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरु भने कालो व्यानर मुनी वसिरहेका थिए ।
अस्पतालमा उपचारका लागि आउनु भएका हरीप्रसाद भण्डारीका आफन्तहरु आकस्मिक कक्षामा चिकित्सक नभएको भन्दै अस्पतालका प्रमुख डा. श्रीराम तिवारीको कार्यकक्षमा आई पुग्नु भयो । उहाँले तिवारीलाई भन्नुभयो “के आज अस्पताल वन्द हो । होईन भने कनि आकस्मिक कक्षमा समेत विरामी हेरीएन ।” उहाँले भण्डारीलाई ज्वरो आउने र पेट दुख्ने समस्या देखिए पछि विहान १० वजे अस्पताल ल्याउनु भएको रहेछ । अस्पतालमा ल्याएर आकस्मिक कक्षमा भर्ना गर्दा समेत चिकित्सकले उपचार प्रकृया अगाडी नवाढएको भन्दै उहाँले आक्रोस पोख्नु भयो ।
अस्पतालमा आएका यसै कयैं विरामीहरु चिकित्सकको खोजिमा भौतारी रहेका थिए । अस्पताल प्रशासन र अस्पताल विकास समिति कर्मचारी यूनियन भरतपुर अस्पताल ईकाई विच भएको सहमति कार्यान्वयन नभएको भन्दै कर्मचारीहरु पुनः आन्दोलित वनेपछि विरामी मारमा परेका हुन । करिव ६०÷६५ वर्षिय वृद्ध आमा आन्दोलन रत चिकित्सकहरुको माझमा आएर आज विरामी जाँच्ने होईन भन्दै हुनुहुन्थ्यो । विरामीहरुको चाप वढ्दो क्रममा रहेको यस अस्पतालमा अस्पताल विकास समितिका कर्मचारीहरु आन्दोलीत भए पछि विरामीले समस्या खेप्नु परेको हो ।
विहान टिकट काउण्टरवाट टिकट विक्रि गरिए पछि चिकित्सक आएर विरामी हेर्ने छन् भन्ने आशामा विरामीका आफन्तहरु रहेका रहेछन् । तर ११ वज्दा समेत चिकित्सक वहिरंग विभागमा नगए पछि विरामीले मार खेपेका हुन । आफ्ना ससुरा वा लाई उपचार गराउन आउनु भएका भरतपुर महानगरपालिका वडा नम्वर १४ भिमशेननगरका रामचन्द्र दाहाल आज यहाँ विरामीको उपचार नहुने भए पछि निजि अस्पतालमा विरामी लैजाने तयारी गर्दै हुनुहुन्थ्यो । उहाँले टिकट लिएर चिकित्सकका लागि टोकन समेत लिई लाईनमा वसेपछि चिकित्सक नआएको गुनासो गर्नुभयो ।
शनिवार विरामीको परिक्षण नहुने भए पछि आज आईतवार विरामीको चाप वढ्दो क्रममा रहेको थियो । विभिन्न ११ पुद्धे मागहरु राख्दै भदौ २० गते देखि आन्दोलनमा उत्रिएका कर्मचारीहरु असोज ४ गते सहमति भएको थियो ।
सहमति पछि पनि अस्पताल प्रशासनले तोकीएको समयमा आफुहरुको माग सुनुवाई नगरेको भन्दै उनीहरु पुनः आन्दोलनमा उत्रिएका हुन । असोज ४ गते भएको सहमतिमा अस्पताल विकास समितिका कर्मचारीहरुलाई तत्काल करार नामा थप गर्ने र असोज १० गते भित्र नेपाल सरकारको नियम अनुसारको खाईपाई आएको तलव भूक्तान गर्ने भनिएको थियो । कर्मचारी यूनियनका अध्यक्ष ई. चन्द्रमणी वस्यालका अनुसार माग सुनुवाई गर्ने तर्फ प्रशासन नगए पछि आन्दोलन गर्नु परेको हो । उहाँले भन्नुभयो “हामीले अस्पताल वन्द गराएका छैनौ, हामी काममा मात्रै नगएका हौ ।”
अस्पताल विकास समिति कर्मचारी यूनियन भरतपुर अस्ताल ईकाईले कर्मचारीहरुको असार मसान्त पछि रोकिएको करार नविकरण गरि वढ स्केल अनुसारको तलव भत्ता निकासा गरीनुपर्ने, सम्पूर्ण कर्मचारीहरुलाई चाडपर्व खर्च, पोशाक भत्ता र महंगि भत्ता उपलव्ध गराईनु पर्ने, सार्वजनिक विदा वाहेक वार्षिक रुपमा संञ्चीत हुने गरी मासिक १ दिन विदा दिनु पर्ने, सुत्केरी विदा र सुत्केरी स्याहार विदा सरकारको नियम अनुुसार उपलव्ध गराईनु पर्ने लगाएतका मागहरु राखेका छन् ।
अस्पताल विकास समिति कर्मचारी युनियनका केन्द्रिय अध्यक्ष संञ्जय वरालका अनुसार भरतपुर अस्पतालमा हाल ४ सय ६ जना कर्मचारी करारमा रहेका छन् । ती सवै कर्मचारीहरुको करार थप र वढ तलव अनुसारको सेवा सुविधा गत साउन महिना देखिको पाएका छैनन् । वरालका अनुसार विकास समिति मातहतका कर्मचारीहरुले चाड पर्वको समयमा समेत सेवा सुविधा नपाए पछि आन्दोलित वनेका हुन ।
अस्पताल प्रशासनले भने अस्पताल विकास समितिका सरकारले दर्वन्दी स्विकृत गरेका २ सय ६ जना लाई अस्पतालले खाईपाई आएको सेवा दिने निर्णय भएको र दैनिक ज्यालादाली १ सय ९ जना संगै मन्त्रालयको स्विकृति नदिएका ६२ जनामा मात्र समस्या रहेको जनाएको छ । उनीहरुको विषयमा समेत छलफलवाट समस्याको समाधान खोजिने अस्पताल प्रशासनको भनाई छ । अस्पताल जस्तो सम्वेदनशिल क्षेत्रमा गरिएको आन्दोलन गर्न नपईने भए पनि आन्दोलन गरिनु घातक रहेको छ ।
कर्मचारीहरुको आन्दोलनका कारण सेवा प्रदानमा समस्या आए संगै आजै बसेको सर्वपक्षिय वैठकमा समेत सहमति जुट्न सकेन । भरतपुर महानगरपालिका, जिल्ला प्रशासन, भरतपुर अस्पताल, कोष तथा लेखा नियन्त्रण कार्यालय र आन्दोलनरत कर्मचारीहरुका तर्फवाट प्रतिनिधिहरु सहितको सहभागितामा भएको छलफलका क्रममा सहमति जुट्न कठिन भएको हो ।
आन्दोलनरत कर्मचारीहरुका तर्फवाट आजै सहमति गरी काममा फर्कने वातावरण नवने सम्म आन्दोलन नरोक्ने अडान राखे संगै छलफलमा सहमति जुट्न नसकेको हो । अस्पताल प्रशासनले सरकारले स्विकृति दिएका दरवन्दि वाहिरका कर्मचारीहरुलाई मन्त्रालयवाट निर्देशन नआउँदा सम्म केहि गर्न नसक्ने जनाए संगै कर्मचारीहरु छलफलवाट वाहिरीएका थिए ।
छलफलका क्रममा चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र वस्नेतले स्वास्थ्य सेवामा आन्दोलन गरेर प्रदान गर्ने सेवालाई रोक्न नपाईने वताउनु भयो ।

प्रतिक्रिया दिनुहोस !