चितवनः भरतपुर महानगरपालिका वडा नम्वर १ आँपटारी नजिक रहेको पानी ट्याङ्की ओरालोमा भएको दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका वडा नम्वर ४ सितलपुर वस्ने २२ वर्षिया निशा नेपाली रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
रामनगरवाट आँपटारी तर्फ आउँदै गरेको ना १ ज ५२९९ नम्वरको म्याजीक आँफै अनियन्त्रीत भई पल्टिदा उनको मृत्यु भएको हो । म्याजीक पल्टिदा त्यसमा सवार चार जना भाईते भएकोमा नेपालीको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
अन्य तीन जना सामान्य उपचार पश्चात घर फर्किएका छन् । म्याजिक र चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।