चितवनः जिल्लामा डेङ्गुको संक्रमण वढ्दै गर्दा जिल्लामा रहेका अस्पतालहरुले पनि सचेतना कार्यक्रमहरु र्गन सुरु गरेका छन् । कुनै अस्पतालले निशुल्क उपचार गरेर त कुनैले विरामी मार्फत चेतना जगाउने काम सुरु गरेका छन् । यसै क्रममा आज चौविसकोठीमा रहेको पुष्पाञ्जली अस्पतालले विरामी मार्फत जनचेताना जगाउने काम गरेको छ ।
डेङ्गु संक्रमित विरामीहरुले आत्मवल उच्च वनाएमा रोग जित्न सकीने वताएका छन् । यहाँको पुष्पाञ्जली अस्पतालले आज आयोजना गरेको डेङ्गु नियन्त्रणमा डेङ्गु संक्रमित विरामीहरुको भूमिका विषयक सचेतना कार्यक्रममा उनीहरुले आँफुले आँफुलाई कम्जोर वनउन नहुने वताएका हुन ।
पत्रकार राजु चौधरीले आँफु चार दिन सम्म अस्पतालमा भर्ना भएर उपचार गरेको भन्दै डेङ्गुलाई हाउगुजी वनाउन नहुने वताउनु भयो । निको भएका विरामीहरुको तर्फवाट तयार गरिएको पर्चा वाचन गर्दै उहाँले डेङ्गु ज्वरोको नियन्त्रण चिकित्सक, स्वास्थ्यकर्मी, स्वास्थ्यका निकायहरु, स्थानीय सरकार, नागरिक समाज र सवै सरोकारवालाहरुको संयुक्त प्रयासवाट मात्रै गर्न सकीने वताउनु भयो ।
पाँच दिनको अस्पतालको वसाई पछि घर फर्कनु भएकी अजिता अधिकारीले चिकित्सकको उपयुक्त परामर्शले आधा रोग हट्ने भन्दै आँफुले आँफुलाई वलियो वनाएमा रोग आँफै निको भएर जाने वताउनु भयो । यो रोगको छुट्टै औषधि नहुने भएकाले आँफुले आँफुलाई वलियो वनाउनु पर्ने भन्दै अधिकारीले भन्नुभयो “यो ज्वरोले उठ्नै सक्दीनकी केहो भनेर चिन्ता नलिनुस्, मलाई केहि हुँदैन भन्नुस आँफै ठिक हुन्छ ।”
सो अवसरमा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले निजि क्षेत्रवाट गरिएको यो प्रयास उदाहरणीय रहेको भन्दै घरघरवाट रोग नियन्त्रणका लागि अभियान थाल्न आव्हान गर्नु भयो । कुनै एक निकायको प्रयासले रोग नियन्त्रण सम्भव नभएको भन्दै उहाँले सवैले हातेमालो गरेर रोग नियन्त्रण गर्नुपर्ने वताउनु भयो ।
पुष्पाञ्जलि अस्पतालका प्रवन्ध निर्देशक वरिष्ठ फिजिसियन डा. भोजराज अधिकारीले डेङ्गु केहो ? यसवाट कसरी वच्न सकीन्छ र आम नागरीकले के गर्नुपर्छ भन्ने विषयमा जानकारी गराउनु भएको थियो । पुष्पाञ्जलि अस्पतालमा मात्र साउन १६ गते यता ४ सय ५ जना ज्वरोका विरामी उपचार गरिएकोमा ती मध्ये २ सय २३ जनामा डेङ्गु देखिएको र उनीहरु मध्ये १ सय ५ जनालाई अस्पतालमानै भर्ना गरेर उपचार गरेको अधिकारीले वताउनु भयो ।
यस वाहेक वाहिर अस्पतालमा डेङ्गु प्रमाणीत भए पछि अस्पतालमा भर्ना भएर ५५ जनाले सेवा लिएको उहाँले जानकारी दिनु भयो ।
अस्पताल संञ्चालक समितिका अध्यक्ष चेतनाथ वाग्लेको सभापतित्वमा भएको कार्यक्रममा स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारी, निजि अस्पताल समन्वय समिति चितवनका सचिव विक्रम अधिकारी, गोपाल पौडेल लगाएतले वोल्नु भएको थियो । हाल सम्म जिल्लामा १ हजार ७ सय लाई डेङ्गु संक्रमण भएको छ । यो रोगको संक्रमण वढ्दै गए पछि निको भएका विरामीहरुलाई भेला गरेर सचेतना कार्यक्रम आयोजना गरिएको हो ।
अस्पतालका व्यवस्थापक सुजन अधिकारीका अनुसार निको भएका विरामीहरुले डा. अधिकारीको परामर्शमा तयार गरेको डेङ्गु रोग र यस वाट वच्ने उपायहरुका विषयमा तयार गरिएको पर्चा अस्पतालले छपाई गरि उनीहरु मार्फत गाउँगाउँमा पुर्याउने काम गरेको छ ।

प्रतिक्रिया दिनुहोस !