चितवनः चितवन मेडिकल कलेज शिक्षण अस्पताल (सिएमसि)ले आज देखि अस्पतालमा आउने डेंगु संक्रमितहरुको निशुल्क परिक्षण सुरु गरेको छ । अस्पतालको ईर्मेजन्सी कक्षमा अस्पताल निर्दैशक प्रोफेसर डा. दयाराम लम्साल र अस्पताल जनसमपर्क अधिकृत हरि बोहराले भरतपुर १० का भरत लामालाई डेंगु परिक्षण गर्ने किट हस्तान्तरण गर्दै निशुल्क परिक्षण सुरु गरेका हो ।
जिल्लामा डेंगुको संक्रमणले महामारी रुप लिए संगै अस्पतालले आफ्नो सामाजिक उत्तरदायीत्व स्वरुप डेंगु परिक्षणका लागि निशुल्क गरेको हो । भरतपुर महानगर र चितवन प्रशासनको अनुरोधलाई मध्यनजर गर्दै अस्पतालले निशुल्क डेंगु परिक्षण गर्न लागेको अस्पतालका अध्यक्ष तथा प्रबन्ध निर्देशक प्रोफेसर डा.हरिश्चन्द्र न्यौपानले वताउनुभयो । महामारी रुप देखिएको डेंगु संक्रमणलाई नियन्त्रणमा सहयोग र्पुयाउने उद्देश्यले एक हजार जना बिपन्न बर्गहरुलाई निशुल्क परिक्षण गराईने अस्पातलका निर्देशक डा दयाराम लम्सालले वताउनुभयो ।
सरकारले बनाएको बिपन्न बर्गको मापदण्ड अनुसार नै बिरामीलाई यो सेवा प्रदान गरिने छ । यस्तै विपन्न वर्ग भनी प्रमाणित गर्ने सिफारिस ल्याउन नसक्ने बिरामीहरुलाई अस्पातलले नै मूल्याङकन गरेर यो सेवा प्रदान गरिने उहाँले वताउनु भयो ।
अहिले सबै अस्पातलहरु डेंगु र भाईरल ज्वरोको बिरामीहरुले भरिएका छन्, उपचारको लागि अस्पातलका बेडहरु भरिएका छन् उहाँले भन्नुभयो । तर अझै पनि कती गरीब तथा बिपन्न बर्गका मानिसहरुमा डेङ्गुको संक्रमण भए पनि अस्पातल आउन सकेका छैनन् । त्यसैले त्यस्ता बर्गलाई लक्षित गरेर यो कार्यक्रम शुरु गरिएको अस्पतालले जनाएको छ ।
मनसुन र पोस्ट मनसुनमा पनि डेंगुको संक्रमण बढ्न सक्ने भएकोले अझै २ महिना सम्म यसको प्रकोप रहन सक्ने चिकित्सकहरुले वताएका छन् । सरकारले गरिरहेको सबै प्रयासका बाबजुत पनि अझै कार्तिक सम्म डेगुको प्रकोप घट्ने सम्भावना नरहेकोले नियन्त्रणमा सहयोग र्पुयाउन यो सेवा शुरु गरिएको डा लम्सालले वताउनुभयो ।
‘चाहन्छौ हामी एक हजार जनालाई पनि प्रभावित नहोस् छिट्टै नियन्त्रण होस् उहाँले भन्नुभयो’, तर विगतको जुन अनुभव छ त्यसले चाँही यो समस्या छिट्टै नियन्त्रणमा आउछ कि आउँदैन भन्न सक्ने अवस्था छैन ।’ भर्खर मनसुन सकिएको र पोस्ट मनसुन सम्म पनि चानाखो हुनु पर्ने उनको भनाई छ ।
अहिले दैनिक ४ सय देखी ५ सय बिरामीहरु अस्पातल आउने र ति मध्ये अधिकांशमा डेंगु संक्रमण देखिने गरेको अस्पतालको रेर्कडमा उल्लेख छ ।